जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • प्रत्यक्ष निर्वाचन लड्ने आँट गरेका एक दर्जन व्यवसायी

प्रत्यक्ष निर्वाचन लड्ने आँट गरेका एक दर्जन व्यवसायी

मङ्सिर ४ गते एकै चरणमा हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा एक दर्जन भन्दा बढी व्यवसायी प्रत्यक्षतर्फ भिड्दैछन् ।

नेपालका विवादित डलर अरबपति विनोद चौधरी, राज्यमन्त्री उमेश श्रेष्ठलगायत एक दर्जन उद्योगी/व्यवसायीहरू प्रत्यक्ष चुनाव भिड्ने तयारी गरेपछि अधिकांशको चासो त्यतैतर्फ केन्द्रित छ ।

तीमध्ये कतिपय विवादित पृष्ठभूमिका छन्, कतिपय यसअघि पनि सांसद भइसकेका छन् भने कतिपयको अनुहार राजनीतिमा नयाँ छ ।

विनोद चौधरी – पश्चिम नवलपरासी १ (नेपाली कांग्रेस)

नेपाली उद्योगी, अर्बपति, राजनीतिज्ञ तथा समाजसेवी

मुख्य प्रतिस्पर्धी – हृदयेश त्रिपाठी (जनता प्रगतीशील पार्टी), सिन्धु लजेशा बुढाथोकी (नेकपा एमाले)

उमेश – श्रेष्ठ चितवन २ (नेपाली कांग्रेस)

शिक्षा, पर्यटन, ऊर्जा र बैंकिङ क्षेत्रमा लगानी

मुख्य प्रतिस्पर्धी – रवि लामिछाने (स्वतन्त्र पार्टी), कृष्णभक्त पोखरेल (नेकपा एमाले)

किसान श्रेष्ठ – बारा ४ (नेकपा एकीकृत समाजवादी)

म्यानपावर व्यवसाय, घरजग्गा कारोवारी

मुख्य प्रतिस्पर्धी – एकवाल मियाँ (नेकपा एमाले), रोहन कुमार (राप्रपा)

विक्रम पाण्डे – चितवन ३ (राप्रपा)

ठेकेदार, कालिका कन्स्ट्रक्सन, कालिका एफएम, कालिका पावर कम्पनी र कालिका टावरमा लगानी, पूर्व वनमन्त्री

प्रतिस्पर्धी – डा. भोजराज पोखरेल (माओवादी केन्द्र), रामचन्द्र न्यौपाने (नेकपा एमाले), दिनेश कोइराला (कांग्रेस बागी), जगन्नाथ पौडेल (कांग्रेस बागी)

बालकृष्ण शिवाकोटी – दोलखा (नेकपा एमाले)

मेगा बैंकका सञ्चालक, कालिन्चोक केवलकार, १ दर्जन भन्दा बढी उद्योग व्यवसाय

मुख्य प्रतिस्पर्धी – गंगा कार्की (माओवादी केन्द्र)

सुनिल शर्मा – मोरङ ३ (नेपाली कांग्रेस)

मेडिकल व्यवसायी, विराटनगरको नोबल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा लगानी

मुख्य प्रतिस्पर्धी – भानुभक्त ढकाल (नेकपा एमाले), रेखा थापा (राप्रपा)

राजेन्द्र बजगाईं – गोरखा १ (नेपाली कांग्रेस)

पर्यटन व्यवसायी

मुख्य प्रतिस्पर्धी – रामशरण बस्नेत (नेकपा एमाले), उदयबहादुर भट्ट (राप्रपा)

डा. वीरेन्द्र महतो – सिराहा ४ (जसपा)

व्यवसायी, माछापुच्छ्रे बैंकका अध्यक्ष

मुख्य प्रतिस्पर्धी – धर्मनाथ साह (नेकपा एस)

मोहन आचार्य – रसुवा (नेपाली कांग्रेस)

निवर्तमान सांसद, निर्माण व्यवसायी, रसुवा कन्स्ट्रक्सन

प्रतिस्पर्धी – छेवाङ तेन्जेन तामाङ (एमाले)

लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्कामा अनियमितता गरेको आरोप

पूर्णबहादुर (कान्छाराम) तामाङ – रामेछाप (नेपाली कांग्रेस)

निर्माण व्यवसायी

प्रतिस्पर्धी – कैलाश ढुंगेल (नेकपा एमाले), देवशंकर पौडेल (नेकपा एस)

एलपी (लालप्रसाद) साँवा लिम्बु – झापा ४ (नेकपा एमाले)

राष्ट्रिय उद्योग व्यवसाय महासंघ, म्यानपावर व्यवसाय, जलविद्युत कम्पनीमा लगानी, निवर्तमान सांसद

प्रतिस्पर्धी – देउकुमार थेवे (नेपाली कांग्रेस), २०७४ सालमा थेवेलाई पराजित गरेको

दीपक खड्का – संखुवासभा (नेपाली कांग्रेस)

पर्यटन र जलविद्युत व्यवसायी, संखुवासभा कांग्रेस सभापति

प्रतिस्पर्धी – राजेन्द्र गौतम (एमाले)

नेपाल स्काउटको १२ रोपनी जग्गा कब्जा गरेको आरोप

२०७४ सालमा राजेन्द्र गौतमसँग पराजित

2400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका