जोडिनुहोस
आइतवार, अशोज ७, २०८०
आइतवार, अशोज ७, २०८०
  • होमपेज
  • एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटर खरिदमा कुमारी बैंकले कर्जा उपलब्ध गराउने

एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटर खरिदमा कुमारी बैंकले कर्जा उपलब्ध गराउने

ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि (एफडी मोटर्स) र कुमारी बैंक लिमिटेडबीच आज एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटर खरिदमा ग्राहकलाई कर्जा उपलब्ध गराउने सम्झौता भएको छ।  सम्झौताअनुसार कुमारी बैंकले एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकलाई सरल र सहज रुपमा क्रेडिट कार्डमार्फत शून्य प्रतिशत ब्याजदरमा रु. ३ लाखसम्म डाउन पेमेन्ट बिनानै कर्जा उपल्ब्ध गराउनेछ। जसअन्तर्गत कुनै पनि ग्राहकले कुमारी बैंक वा एफडी मोटर्सका शोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिनादेखि १८ महिनासम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरिद गर्न सक्नेछन्।

यदि कुनै ग्राहकले कर्जाको भुक्तानी अग्रिम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्नेछन्।

एफडी मोटर्सले हाल दुईवटा मोडेलका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ। जसमा एफ फाइबको मूल्य रु. २ लाख ६१ हजार ९९९ र एफ फाइब एको मूल्य रु. २ लाख ९७ हजार ९९९ रहेको छ।

एफडी मोटर्स नेपालको स्कुटरमा प्रयोग भएको ५ विषेश विशेषताका कारण र सो विषेशताका बाबजुत पनि यसको मूल्य उत्कृष्ट भएर बजारमा सफल भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका