जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देशभरका सबै सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक

देशभरका सबै सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड देशको सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ । सर्लाही जिल्लाको मलंगवा नपा वडा न९ स्थित शाखा कार्यालय मलंगवा विस्तार गरी सोमबार कारोबार शुभारम्भ भएपछी ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो ।

वाणिज्य बैंकहरुमध्ये सात प्रदेशको ७७ जिल्लामा पुगी राष्ट्रिय वाणिज्य बैंकले यस अघि नै पहिलो बैंकको रुपमा बैंकिङ्ग पहुँच पुयाई रहेको छ ।नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७८/७९ को चौथो त्रैमाससम्ममा बैंकले रु. ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

२०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप रु.२ खर्ब ५९ अर्ब र  खुद कर्जा तथा सापट रु. २ खर्ब २९ अर्ब पुगेको छ । आ.व. २०७८÷७९ मा बैैंंकको शेयरधनी कोष रु. ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति रु. ३ खर्ब २९ अर्ब पुगेको छ ।

1825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका