जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • गुराँस लघुवित्तद्वारा यो वर्ष लाभांश नदिने घोषणा

गुराँस लघुवित्तद्वारा यो वर्ष लाभांश नदिने घोषणा

गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको छ।

कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गर्दै अन्यप्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

साथै बैठकले विभिनन प्रस्ताव सहित गत आवका वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारणसभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीले साधारणसभा बोलाउने छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/०७९मा ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यसैगरी, कम्पनीले आर्थिक वर्ष २०७७/0७८ मा १६.९० प्रतिशत बोनस सेयर र ०.८८ प्रतिशत नगदसहित १७.७८ प्रतिशत लाभांश दिएको थियो ।

3270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?