जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकमा रोशन न्यौपानेको पाँच वर्षे नेतृत्व: प्रति सेयर आम्दानी करिब दोब्बर बढ्यो

एनआईसी एशिया बैंकमा रोशन न्यौपानेको पाँच वर्षे नेतृत्व: प्रति सेयर आम्दानी करिब दोब्बर बढ्यो

पाँच वर्षमा व्यवसाय र सञ्चालन नाफा चार गुणा वृद्धि गरेपछि एनआईसी एशिया बैंकको सञ्चालक समितिले रोशनकुमार न्यौपानेलाई अर्को चार बर्षलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गर्ने निर्णय गरेको छ।

बैंकिङ करियर सुरु गरेको १० वर्षमै चार्टर्ड एकाउन्टेन्टसमेत रहेका न्यौपाने ३८ वर्षको उमेरमा प्रमुख कार्यकारी नियुक्त भएका हुन्।

उनले नेतृत्व सम्हाल्दै गर्दा आर्थिक वर्ष २०७३/७४ मा बैंकको कुल आम्दानी ३ अर्ब ४४ करोड १० लाख रुपैयाँ थियो। उक्त आम्दानी त्यो बेलाको समग्र बैंकिङ क्षेत्रमा ११औं स्थानमा रहेको थियो।

गत आर्थिक वर्ष २०७८/७९ मा आइपुग्दा बैंकको कुल आम्दानी १४ अर्ब ७० करोड ६० लाख रुपैयाँबाट माथि लागेको छ। पाँच वर्षको बैंकको आम्दानी २६ वटा वाणिज्य बैंककै सबैभन्दा धेरै हुन पुगेको छ। यस अवधिमा बैंकको आम्दानी ४.२७ गुणाले वद्धि भएको छ, जबकी यसै समयमा समग्र बैंकिङ क्षेत्रको आम्दानीको १.९ गुणाले मात्रै वृद्धि भएको छ।

यस अवधिमा बैंकको सञ्चालन नाफा ४.३२ गुणाले वृद्धि भएको छ। आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ८५ करोड ९० लाख रुपैयाँ रहेको संचालन नाफा गतवर्ष ८ अर्ब २ करोड ७० लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ। यस अवधिमा समग्र बैंकिङ क्षेत्रको सञ्चालन नाफा १.८७ गुणाले मात्रै वृद्धि भएको थियो।

न्यौपाने बैंकको नेतृत्वमा आउँदै गर्दा आर्थिक वर्ष २०७३/७४ मा बैंकको कर्जा प्रवाह ७२ अर्ब रुपैयाँ रहेकोमा पाँच वर्षमा ३.७२ गुणाले वृद्धि हुँदै २ खर्ब ६८ अर्ब पुगेको छ।

यस अवधिसम्म आइपुग्दा बैंक तेस्रो स्थानमा आइपुगेको छ। कोभिड-१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल देखिएको छ। निष्क्रिय कर्जालाई गत आर्थिक वर्षसम्ममा ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ।

त्यसैगरी, निक्षेप संकलनले पनि उछाल ल्याएको छ। न्यौपाने बैंकको नेतृत्वमा आउँदै गर्दा बैंकमा निक्षेपको आकार ८६.७० अर्ब थियो। गत आर्थिक वर्षसम्म आइपुग्दा निक्षेप संकलन २ खर्ब ९४ अर्ब पुगेको छ। पाँच वर्षमा समग्र बैंकिङ क्षेत्रको निक्षेप संकलन २.१७ गुणाले वृद्धि हुँदा यस बैंकले भने ३.४० गुणाले वृद्धि गर्न सफल भएको छ।

पाँच वर्षअघि जब न्यौपाने बैंकको कायम मुकायम सीइओको रुपमा नेतृत्वमा आउँदा बैंकका शाखाहरु ११९ थिए। पाँच वर्षमा तीन गुणाले वृद्धि गर्दै गतवर्षसम्म ३५९ शाखा पुगेका छन्। पाँच वर्षअघि बैंकका एटीएम संख्या ७० थिए भने यो अहिले ६.७७ गुणाले वृद्धि ४७३ पुगेका छन्।

न्यौपाने नेतृत्वमा आउँदै गर्दा बैंकका ग्राहक संख्या ५ लाख ७१ हजार थिए भने पाँच वर्षको अन्तरालमा ग्राहक संख्या ३४ लाख पुगेका छन्।

मोबाइल बैंकिङ सेवामा पनि एनआईसी एशिया बैंक नेपालका वाणिज्य बैंकहरुमा सबैभन्दा अगाडि छ। हाल यस बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता १९ लाख ७२ हजार र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १ लाख ४५ हजार छन्।

न्यौपाने नेतृत्वमा आउँदै गर्दा मोबाइल बैंकिङ प्रयोगकर्ता १ लाख २१ हजार र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ४७ हजार मात्र थिए। डिजिटल माध्यमबाट बैंकिङ कारोबारमा अझ धेरै सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ स्थापित भएको छ।

ग्राहकको वार्षिक प्रति सेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ। आर्थिक वर्ष २०७३/७४ मा प्रति सेयर आम्दानी झन्डै २२ रुपैयाँ रहेकोमा गतवर्षसम्म ३९.१३ रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको स्व-पुँजीमा प्रतिफल १९.६५ प्रतिशत पुग्न सफल भएको छ। जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको छ।

एनआईसी एशिया बैंकलाई ‘नम्बर वान’ बैंक बनाउँदै गर्दा यस बैंकका सीईओ न्यौपाने बैंकिङ क्षेत्रमा स्थापित नाम बनिसकेकोे छ। छोटो समयमा नेतृत्वमा पुगेका उनले चार वर्षअघिको आलोचनालाई चिर्दै अहिले परिपक्व र सफल सीईओको रुपमा स्थापित भइसकेका छन्।

उनी ‘म्यानेजर अफ दि इयर अवार्ड-२०२२’ बाट सम्मानित भए। व्यवस्थापनकर्मीहरूको सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघ (म्यान) ले दिने यो पुरस्कार निकै सम्मानित मानिन्छ।

मुलुकमा रहेको सीईओहरु मध्ये व्यवस्थापन क्षेत्रमा उत्कृष्ट योगदान र अनुकरणीय नेतृत्व दिन सफल भएको भन्दै न्यौपानेलाई उक्त पुरस्कार दिइएको हो।

साथै, उनीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ प्राप्त गरेका छन्। उनी ग्लोबल बिजनेस आउटलुक (जीबीओ) दिने अन्तर्राष्ट्रिय स्तरको अर्को पुरस्कार ‘बैंकिङ सीईओ अफ दि इयर-नेपाल २०२१’ बाट सम्मानित भएका छन्। त्यस्तै, उनले पाएको अर्को पुरस्कार हो ‘कर्पोरेट सीईओ अफ दी इयर, २०७८।’

2270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका