जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • शिखर इन्स्योरेन्सले १८ औं बार्षिक उत्सवमा राष्ट्रव्यापी रक्तदान कार्यक्रम गर्ने

शिखर इन्स्योरेन्सले १८ औं बार्षिक उत्सवमा राष्ट्रव्यापी रक्तदान कार्यक्रम गर्ने

शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो १८ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले सातै प्रदेशको शाखा मार्फत उक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो ।

कम्पनीका अनुसार मंसिर १ गते प्रदेश नम्बर १ को ३ वटा शाखाले रक्तदानद कार्यक्रम संचालन गर्नेछ । साथै प्रदेश नम्बर २ मा भने वीरगंज शाखाले कात्तिक २७ गते कार्यक्रम संचालन गर्दैछ । प्रदेश नम्बर ३ मा भने काठमाडौं, भक्तपुर शाखा, चापागाउँ शाखा र साँखु शाखा, चितवन, नुवाकोट, माडी, कावासोती, टाँडी मार्फत मंसिर २ गते विभिन्न समयमा रक्तदान कार्यक्रम संचालन हुने कम्पनीले जनाएको छ ।

साथै प्रदेश नम्बर ४ मा भने पोखरा शाखा मार्फत कात्तिक २९ गते रक्तदान कार्यक्रम संचालन हुने छ । प्रदेश नम्बर ५ मा ३ वटा शाखा, प्रदेश न.६ मा २ वटा शाखा र प्रदेश न.७ मा भने २ वटा शाखा मार्फत रक्तदान कार्यक्रम हुने कम्पनीले जनाएको छ ।

1570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका