जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • महालक्ष्मी बैंकले टाटाका गाडीहरु खरिद गर्न कर्जा दिने

महालक्ष्मी बैंकले टाटाका गाडीहरु खरिद गर्न कर्जा दिने

महालक्ष्मी विकास बैंक लिमिटेड र सप्रदि ट्रेडिङ प्रालिबिच सम्झौता भएको छ । बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदि ट्रेडिङ प्रालिसँग शुक्रवार सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार सिप्रदि ट्रेडिङबाट ग्राहकहरुले टाटा ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंक मार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ७० प्रतिशत सम्म कर्जा प्रवाह गरिने छ ।

देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. का सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।

4550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?