जोडिनुहोस
सोमवार, असार ८, २०८३
सोमवार, असार ८, २०८३
  • होमपेज
  • महासंघमा विभिन्न समितिका सभापतिहरू मनोनीत

महासंघमा विभिन्न समितिका सभापतिहरू मनोनीत

नेपाल उद्योग वाणिज्य महासंघको सोमबार बसेको दोस्रो कार्यकारिणी समितिको बैठकले सल्लाहकारसहित परिषद् र विभिन्न समितिका सभापतिहरू मनोनीत गरेको छ। महासंघका अध्यक्ष अन्जन श्रेष्ठले विधानको दफा ३७ बमोजिम कार्यकारिणी समिति सदस्यहरूलाई विभिन्न समितिको जिम्मेवारी तोकेका हुन्।

बैठकले पूर्वअध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापति र पूर्वअध्यक्ष कुशकुमार जोशीलाई विज्ञता परिषद्को सभापतिमा मनोनीत गरेको छ। यस्तै, उद्योग वाणिज्य परिषद् सभापतिमा उपाध्यक्ष कृष्णप्रसाद शर्मा र सहसभापतिमा उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ, वस्तुगत परिषद् सभापतिमा उपाध्यक्ष नरेशलाल श्रेष्ठ तथा रोजगारदाता परिषद् सभापतिमा उपाध्यक्ष प्रबलजंग पाण्डे मनोनीत भएका छन्।

यसैगरी, कृषि उद्यम केन्द्रको सभापतिमा शिवप्रसाद घिमिरे, कर तथा राजस्वमा अरनिको राजभण्डारी, उद्योगमा उज्ज्वल श्रेष्ठ, व्यापारमा नवीन रिजाल र महिला उद्यमी विकास समितिमा सुनिता नेमाफुकी चयन भएका छन्। सूचना तथा सञ्चार प्रविधि विकासमा सुनैना घिमिरे, स्थल यातायात तथा पारवाहनमा लिलेन्द्रप्रसाद प्रधान र पर्यटन तथा हवाई यातायात समिति सभापतिमा संघर्ष विष्ट मनोनीत भएका छन्।

त्यस्तै, बैंक, वित्तीय तथा बीमा समितिमा हेमन्त गोल्छा, निर्यातमा होमप्रसाद घिमिरे, व्यापार मेलामा सविन श्रेष्ठ, सहरी विकासमा बिदुर धमला, स्वास्थ्य विज्ञानमा विप्लव अधिकारी, सिप विकास तथा रोजगारमा नानीराज घिमिरे, स्टार्टअप एन्ड इनोभेसनमा सहारा जोशी, पूँजी बजारमा प्रियराज रेग्मी, सामाजिक सेवामा राजकुमार कार्की र उत्पादकत्व तथा गुणस्तर समिति सभापतिमा रविन पुरी मनोनीत भएका छन्।

नवनियुक्त सभापतिहरूबाट महासंघको छवि तथा प्रतिष्ठालाई अझै बढी सशक्त रूपमा अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले बताएका छन्।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर