जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिम कार्ड बेच्दा रितपूर्वक केवाइसी भराउन एनटीएको सेवा प्रदायकहरुलाई निर्देशन, नगरे कारवाही

सिम कार्ड बेच्दा रितपूर्वक केवाइसी भराउन एनटीएको सेवा प्रदायकहरुलाई निर्देशन, नगरे कारवाही

नेपाल दूरसंचार प्राधिकरणले ग्राहकहरुले रितपूर्वक केवाइसी नभरी र नियमानुसार कागजातहरु रुजु नगरी सिमकार्ड तथा रिमकार्ड बिक्री नगर्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ। 

नियमानुसार ग्राहकलाई रितपूर्वक फारम भर्न लगाई र विवरणहरू रुजु गरेर मात्र सिमकार्ड/रिमकार्ड बिक्री वितरण गर्न प्राधिकरणले सेवा प्रदायकहरुलाई ताकेता गरेको छ।

प्राधिकरणले ग्राहकहरूले पनि आफ्नो वास्तविक विवरणको आधारमा मात्र सिमकार्ड तथा रिमकार्ड खरिद गर्न आग्रह गरेको छ।

अन्यथा प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी प्राधिकरणले दिएको छ।–

6445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका