जोडिनुहोस
आइतवार, मंसिर १७, २०८०
आइतवार, मंसिर १७, २०८०

हालको खबर

  • होमपेज
  • सिटिजन्स बैंकले बढायो नाफा, रिजर्भ र ईपीएसमा पनि बढोत्तरी

सिटिजन्स बैंकले बढायो नाफा, रिजर्भ र ईपीएसमा पनि बढोत्तरी

सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्ष २०७९–८०मा खुद नाफा बढाएको छ। आज सार्वजनिक चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले २ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा १०.४१ प्रतिशतले बढेको हो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ६० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब २९ करोड रुपैयाँ रहेको थियो।

बैंकको सञ्चालन मुनाफा १ अर्ब ३० करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ७० करोड लाख रुपैयाँमा सीमित थियो। सञ्चालन मुनाफा पनि १३.४२ प्रतिशतले बढेको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशतले बढेर ५ अर्ब ८५ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो।

बैंकको रिजर्भको आकार २४.५१ प्रतिशतले बढेर ६ अर्ब ७ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ४ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको इम्पेयरमेन्ट चार्ज ७३ करोड ३ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि यस्तो चार्ज ५५ करोड २४ लाख रुपैयाँले ऋणात्मक थियो।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.१९ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल २.२२ प्रतिशत थियो।

बैंकको वार्षिकीकत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १५.५९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १४.१२ रुपैयाँ थियो।

पीई रेसियो ११.१० गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५०.०८ रुपैयाँ रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका