जोडिनुहोस
बुधबार, मंसिर १३, २०८०
बुधबार, मंसिर १३, २०८०
  • होमपेज
  • अहिलेसम्म सांसद निर्वाचित भएका ३० जनामध्ये १५ नयाँ अनुहार

अहिलेसम्म सांसद निर्वाचित भएका ३० जनामध्ये १५ नयाँ अनुहार

तीन दिनदेखि जारी प्रतिनिधि सभाको मतगणनामा बुधबार अपरान्हसम्म ३० सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म १५ जनाले पहिलो पटक संसद यात्रा तय गरेका छन्।

अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले १४ सिट जित्दा नेकपा एमाले ५ स्थानमा जितेर दोस्रो स्थानमा छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित हासिल गरेको छ।

माओवादी केन्द्रले २ क्षेत्रमा जित हात पारेको छ। नेकपा (एकीकृत समाजवादी) नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र पार्टीले एक-एक ठाउँमा जित निकालेका छन्।

कसले कहाँ जिते, हेर्नुस् सूची

नेपाली कांग्रेस

Esewasoftwaricanic
काठमाडौं-१: प्रकाशमान सिंह

काठमाडौं-३ सन्तोष चालिसे (नयाँ)

काठमाडौं-४: गगन थापा

काठमाडौं-५: प्रदीप पौडेल (नयाँ)

काठमाडौं-१०: राजन केसी

मनाङ- टेकबहादुर गुरूङ

मुस्ताङ: योगेश गौचन (नयाँ)

तनहुँ-२: शंकर भण्डारी

सुर्खेत-२: हृदयराम थानी

ललितपुर-१: उदयशमशेर राणा

पर्सा-४: रमेश रिजाल

डडेल्धुरा: शेरबहादुर देउवा

रसुवा: मोहन आचार्य

ओखलढुंगा- रामहरि खतिवडा

नेकपा एमाले

ललितपुर-२: प्रेमबहादुर महर्जन (नयाँ)

काठमाडौं-९: कृष्णगोपाल श्रेष्ठ

उदयपुर-२: अम्बरबहादुर रायमाझी (नयाँ)

गुल्मी-२: गोकर्ण बिष्ट

ताप्लेजुङ: योगेश भट्टराई

राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं-८: विराजभक्त श्रेष्ठ (नयाँ)

काठमाडौं-२ : सोविता गौतम (नयाँ)

काठमाडौं-७: गणेश पराजुली (नयाँ)

काठमाडौं-६: शिशिर खनाल (नयाँ)

माओवादी केन्द्र

सिन्धुली-२: लेखनाथ दाहाल (नयाँ)

रूकुम पूर्व: पूर्णबहादुर घर्ती (नयाँ)

नेकपा (एकीकृत समाजवादी)

अछाम-२: शेरबहादुर कुँवर

राष्ट्रिय प्रजातन्त्र पार्टी

बाँके-२: धवलशमशेर राणा (नयाँ)

नागरिक उन्मुक्ति पार्टी

कैलाली-३: गंगाराम चौधरी (नयाँ)

जनमत पार्टी

सप्तरी:२- सिके राउत (नयाँ)

स्वतन्त्र

बर्दिया-२: लालवीर चौधरी (नयाँ)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका