जोडिनुहोस
बिहिबार, जेष्ठ ३, २०८१
बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • एलिट क्यापिटल र रिलायन्स फाइनान्सबिच सम्झौता

एलिट क्यापिटल र रिलायन्स फाइनान्सबिच सम्झौता

एलिट क्यापिटल लिमिटेड र रिलायन्स फाइनान्स कम्पनीबिच एक अर्काको ग्राहक सेवा प्रवद्र्धनका लागि सम्झौता भएको छ ।

उत्कृष्ट वित्तिय संस्थाको रुपमा रहेको रिलायन्स र नवस्थापित मर्चेन्ट बैंकर एलिट क्यापिटल दुबैले वित्तिय सेवा र पुँजीबजारसम्बन्धि सेवा सहज र सरल रुपमा दिनका लागि सम्झौता गरेको हो ।

दुबै संस्थाविच भएको सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अध्यक्ष समाजप्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार रिलायन्स फाइनान्सका देशभर रहेका २२ वटा शाखाहरु मार्फत एलिट क्यापिटलका सेवाहरु प्रवाह हुनेछ । सेयर लगानीकर्ताहरुका लागि डिम्याट खाता, पोर्टफोलियो मेनेजमेन्ट सेवा, कर्पोरेट एडभाईजरी सेवा र अण्डरराइटिङ सेवा एलिट क्यापिटलले दिनेछ । यसबाहेक लगानीकर्ताहरुलाई सेयर कारोवार गर्नका लागि एलिट स्टक हाउस (ब्रोकर नम्बर ६८) मार्फत कारोवार खाता एवम अनलाईन टिएमएस सेवा समेत उपलव्ध गराईने भएको छ । साथै, रिलायन्स फाइनान्सले बैंक खाता र आस्वा सेवा तथा सिआरएन नम्बर उपलव्ध गराउनेछ भने सेयर लगानीकर्ताहरुलाई सहुलियत दरमा मार्जिन कर्जा समेत उपलव्ध गराउनेछ ।

एलिट क्यापिटलले १९९९ रुपैंयामा एकपटक खोलेपछी आजिवन नविकरण गर्न नपर्ने गरी डिम्याट खाता खोल्ने स्किम ल्याएको छ भने ९९९ रुपैंयामा १० बर्षसम्म नविकरण गर्नु नपर्ने खाता खोल्ने भएको छ । यस्तै रिलायन्स फाइनान्सका खातावालहरुका लागि एलिट क्यापिटलले पोर्टफोलियो मेनेजमेन्ट सेवा शुल्कमा ५० प्रतिशतसम्म छुट दिने जनाएको छ ।

उपत्यकाबाहिरका शाखाहरुमा डिम्याट खाता र ब्रोकरको खाताका लागि ग्राहकहरुबाट धेरै अनुरोध आएकाले सहजिकरण गर्न र दुबै संस्थाले आफ्ना सेवालाई थप विस्तार गर्नका लागि सो सम्झौता गरेको कम्पनीले बताएको छ ।

305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?