जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • पुर्नकर्जा दिन उद्योगीहरुको चर्को माग, तत्कालै पुर्नकर्जा नखुलाउने राष्ट्र बैंकको दाबीः तरलता अभाव बाधक !

पुर्नकर्जा दिन उद्योगीहरुको चर्को माग, तत्कालै पुर्नकर्जा नखुलाउने राष्ट्र बैंकको दाबीः तरलता अभाव बाधक !

नेपाल राष्ट्र बैंकले बैंक र वित्तिय संस्थाहरुले दिँदै आएको पुर्नकर्जाको सुविधा करिब ६ महिना अगाडीबाटै रोकेको छ भन्दा अब फरक पर्दैन । उद्योग व्यवसायसीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले पुर्नकर्जा तत्कालै खुलाउन माग गर्दै आएपनि नेपाल राष्ट्र बैंकले सुनुवाई गरेको देखिदैन । पुर्नकर्जा घटाउन र कोषमा आधारित बनाउने घोषणा गर्दै आएको नेपाल राष्ट्र बैंकले गत जेष्ट देखि नै पुर्नकर्जा नदिन बैंक र वित्तिय संस्थाहरुलाई निर्देशन नै दिएको भेटिएको छ । बैंक र वित्तिय संस्थाहरुमा चर्को तरलता अभाव आएसंगै राष्ट्र बैंकले पुर्नकर्जा मार्फत बजारमा पैसा पठाउनु पर्ने माग निजी क्षेत्रको छ । तर, नेपाल राष्ट्र बैंकले विगतमा लगानी भएको पुर्नकर्जा घटाएर नयाँ कर्जा वितरण गर्नु शुरु गर्ने दाबी गर्दै आएको देखिन्छ । पुनर्कर्जा मौद्रिक नीतिको गैरपरम्परागत उपकरण भएकाले त्यसलाई विस्तारै सामान्य अवस्थामा ल्याउन नेपाल राष्ट्र बैंक लागि परेको देखिन्छ । १ खर्ब ३ अर्ब रुपैयाँ पुनर्कर्जा लगानीमा छ । उक्त पुनर्कर्जा घटेर करिब ५१ अर्ब रुपैयाँ हाराहारीमा आएपछि मात्र नयाँ कर्जा प्रवाह गरिने दाबी राष्ट्र बैंकको छ । वित्तीय प्रणालीमा तरलता अभाव भइरहेकाले तत्काल पुनर्कर्जा उपलब्ध गराउनुपर्ने माग निजी क्षेत्रको छाता संगठन एफएनसीसीआईको छ ।

पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, माथिल्लो मुस्ताङ, गढीमाई, जनकपुरधाम, रारा तथा खप्तड क्षेत्रमा सुविधा सम्पन्न स्तरीय होटल स्थापना गर्न प्रदान गरिएका असल कर्जाको सुरक्षणमा वार्षिक ३ प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने छ

पुनर्कर्जा के हो ?
एक व्यक्ति वा व्यवसायले ब्याज दर, भुक्तानी तालिका, र अघिल्लो क्रेडिट सम्झौताको सर्तहरू संशोधन गर्न लिइने कर्जालाई नै पुनरकर्जा भनिन्छ । पुनरकर्जा भन्नाले वित्त पोषण भन्ने बुझीन्छ । सामान्यतया, जब तपाइँ पुरानो कर्जा चुक्ता गर्न एक नयाँ कर्जा लिनुहुन्छ भने यसलाई पुनरकर्जाको रुपमा लिइन्छ । पुनरकर्जाको अर्थ मूलतः फेरि सबैको लागि आवेदन दिनु हो । हाल कोरोना राहत प्याकेज कार्यक्रम अन्तर्गत सरकारले ६० अर्बको पुनरकर्जा कोषलाई बढाएर १ खर्ब रुपैयाँ पुर्याएको छ । वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले ६० अर्बको पुनरकर्जा कोषलाई १ खर्ब बनाउने निर्णय भएको बताएका थिए ।

साधारण पुर्नकर्जा ः
(क) जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरुले संचालन गर्ने उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग र भौतिक पूर्वाधार निर्माण उद्योगमा प्रवाह भएको असल कर्जाको धितोमा वार्षिक ३.० प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने छ । यस्तो पुनरकर्जा प्रदान गर्दा औद्योगिक व्यवसाय ऐन, २०७३ मा उल्लेख भएका अति अविकसित र अविकसित क्षेत्रका उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिइने छ । (उत्पादनमूलक उद्योग भन्नाले चुरोट, विडी, सिंगार, सूर्ती, खैनी लगायत सूर्तिजन्य उद्योग र मदिरा तथा मदिराजन्य उद्योग बाहेकका उत्पादनमूलक उद्योगहरुलाई जनाउने छ ।)
पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, माथिल्लो मुस्ताङ, गढीमाई, जनकपुरधाम, रारा तथा खप्तड क्षेत्रमा सुविधा सम्पन्न स्तरीय होटल स्थापना गर्न प्रदान गरिएका असल कर्जाको सुरक्षणमा वार्षिक ३ प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने छ ।

विशेष पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट वार्षिक ३.० प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् । भन्दा फरक पर्दैन । निर्यात व्यवसायी फर्म÷कम्पनीलाई निर्यात सम्बन्धी कागजातको आधारमा नेपाली मुद्रामा प्रवाह गरेको कर्जा र निर्यात प्रवद्र्धन उद्योगलाई प्रवाह भएको असल कर्जाको धितोमा वार्षिक १.० प्रतिशत दरमा निर्यात पुनरकर्जा उपलब्ध गराइने छ । भनिएको भेटिएको छ ।

नेपाल सरकारबाट तोकिएका रूग्ण उद्योग, घरेलु तथा साना उद्योग, वैदेशिक रोजगारीको लागि प्रवाह भएको कर्जाको धितोमा वार्षिक १.० प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने देखिन्छ । अष्ट्रिच पालन, अलैंची खेती र मौरी पालन गरी निर्यात गरेमा निर्यात बराबरको रकम नबढ्ने गरी असल कर्जाको धितो सुरक्षणका आधारमा वार्षिक १ प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने देखिन्छ । दलित, जनजाति, उत्पीडित, महिला, विपन्न वर्ग तथा समुदायका व्यक्तिद्वारा संचालित साना व्यवसायमा प्रदान गरिएको असल कर्जाको धितो सुरक्षणमा वार्षिक १.० प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने देखिन्छ । विशेष पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट वार्षिक ३.० प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् । भन्दा फरक पर्दैन । निर्यात व्यवसायी फर्म÷कम्पनीलाई निर्यात सम्बन्धी कागजातको आधारमा नेपाली मुद्रामा प्रवाह गरेको कर्जा र निर्यात प्रवद्र्धन उद्योगलाई प्रवाह भएको असल कर्जाको धितोमा वार्षिक १.० प्रतिशत दरमा निर्यात पुनरकर्जा उपलब्ध गराइने छ । भनिएको भेटिएको छ ।

पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट ५.० प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् । भन्दा फरक पर्दैन ।

निर्यात पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट वार्षिक ३.० प्रतिशतभन्दा बढी ब्याज लिन पाईने छैन । भन्दा फरक पर्दैन । साना तथा मझौला उद्यममा पुनरकर्जा परियोजना कर्जाको रुपमा साना तथा मझौला उद्यमहरुमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित रू १५ लाखसम्मको असल कर्जाको धितो सुरक्षणमा वार्षिक २.० प्रतिशत ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराइने देखिन्छ । यस्तो पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट ५.० प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् । भन्दा फरक पर्दैन । “आगलागी एवम् वाढी तथा डुवानबाट पीडित घरपरिवारलाई आवासीय घर पुनर्निमाण र व्यवसाय पुनः संचालनका लागि प्रदान गरिने पुनरकर्जा “आगलागी एवम् वाढी तथा डुवानबाट पीडित घरपरिवारलाई आवासीय घर पुनर्निमाण र व्यवसाय पुनः संचालनका लागि प्रदान गरिने पुनरकर्जा कार्यविधि बमोजिम पुनरकर्जा सुविधा उपलब्ध गराउने भनिएको छ ।

पुनरकर्जाका शर्तहरु के के छन् ?
रुग्ण उद्योगलाई प्रवाह हुने पुनरकर्जा बाहेक अन्य पुनरकर्जा सुविधा असल कर्जाको धितोमा प्रदान गरिने भनिएको छ । केन्द्रीय बैंकबाट प्रवाह हुने कुल पुनरकर्जा सुविधाको सीमा बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशत भन्दा बढी हुने छैन । पुनरकर्जा सुविधा उपयोग गर्ने बैंक तथा वित्तीय संस्थाले पुनरकर्जा वापत यस बैंकको नाममा तोकिएको ढाँचाको तमसुक गरिदिनु पर्ने भेनिएको छ ।

2995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका