जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबार आगामी शुक्रबारदेखि

लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबार आगामी शुक्रबारदेखि

लक्ष्मी बैंक र सनराइज बैंक बराबरी हैसियतमा गाभिएर आगामी शुक्रबार (असार २९ गते)बाट एकीकृत कारोबार थाल्ने भएका छन्। लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुने छ।

दुवै बैंक मर्जरका लागि गत पुसमा समझदारी भएको थियो। गत असार ८ गते भएको दुवैको साधारणसभाले गाभिन स्वीकृति दिएको थियो।

लक्ष्मी र सनराइज गाभिएपछि अब वाणिज्य बैंकको संख्या २० वटामा कायम हुने छ।

समझदारी अनुसार, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत साबिकको लक्ष्मी बैंकबाटै हुने छन्। अहिले रमण नेपाल अध्यक्ष र अजयविक्रम शाह प्रमुख कार्यकारी अधिकृत छन्। सनराइज बैंकका सुमन शर्मा बैंकबाट बााहिरिने छन्।

गाभिने प्रक्रिया मिलाउनका लागि दुवै बैंक बुधबार र बिहीबार (असार २७ र २८ गते) बन्द हुने छन्। तथ्यांक मिलाउनु पर्ने भएकाले उनीहरुको सम्पूर्ण सेवा बन्द गरिने छ।

3420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका