जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अबको ५ वर्षभित्र एनआइसी एशिया बैंक १० खर्बको बन्छः सिईओ न्यौपाने

अबको ५ वर्षभित्र एनआइसी एशिया बैंक १० खर्बको बन्छः सिईओ न्यौपाने

एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले अबको ५ वर्षमा यस बैंक १० खर्बको बैंक बन्ने बताएका छन् । बैंकको २५औं वार्षिक साधारणसभामा उनले भने, ‘बैंकले ५ वर्षे बिजनेस रणनीति बनाएर काम गरिरहेको छ, ती योजनाहरुमा हामी सफल पनि भइरहेका छौं, उपलब्धिहरु पनि हासिल भइरहेका छन्, अबको ५ वर्षमा एनआइसी एशिया कुल १० खर्बको बैंक हुन्छ ।’

उनले बैंकले ५ वर्षे बिजनेस रणनीति बनाएर काम गरिरहेको बताउँदै हालसम्म ती लक्ष्य र योजनाहरु पनि हासिल गर्दै गएको बताए । उनले नेपाल राष्ट्र बैंकले क्यापिटल एडुकेसीमा कडाइ गर्दा लाभांश दिन नसकेको पनि प्रष्ट पारे । वर्षभर नै क्यापिटल एडुकेसी कायम गर्न निर्देशन दिए पनि बैंकले नसक्दा लाभांश वितरणमा रोक लगाएको उनको भनाइ छ ।

यस्तै, बैंकिङ क्षेत्रभन्दा एनआइसी एशियाको तीन गुणा बढी प्रतिसेयर आम्दानी रहेको उनको भनाइ छ । उनले आगामी वर्ष लाभांश दिन कुनै समस्या नभएको बताए ।

1910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?