जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिप्रदी र एभरेस्ट बैंकबीच विद्युतीय गाडी खरिदमा कर्जा सुविधाको सम्झौता

सिप्रदी र एभरेस्ट बैंकबीच विद्युतीय गाडी खरिदमा कर्जा सुविधाको सम्झौता

विद्युतीय गाडी खरिदमा कर्जा उपलब्ध गराउने सम्बन्धमा सिप्रदी ट्रेडिङ प्रालि र एभरेस्ट बैंकबीच सम्झौता भएको छ।

सम्झौताबमोजिम एभरेस्ट बैंकले सिप्रदी ट्रेडिङका ग्राहकलाई टाटा मोटर्सको विद्युतीय गाडी खरिदमा ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ। टाटा मोटर्सले हालै नेक्सन ईभी र टिगोर ईभी नेपालमा उपलब्ध गराइरहेको छ।

सम्झौताबमोजिम व्यक्तिगत तथा संस्थागत रुपमा टाटा मोटर्सको विद्युतीय गाडी खरिद गर्न चाहने ग्राहकले एभरेस्ट बैंकका शाखाहरुबाट सजिलै कर्जा पाउनेछन्। यस्तो कर्जा ७ वर्ष अवधिको र १२.८ प्रतिशत ब्याजदरको हुनेछ।

एभरेस्ट बैंकले गाडीको कुल मूल्यको ८० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउनेछ। यो कर्जा सुविधाका साथ ग्राहकले टाटा मोटर्सको गाडी सहजताका साथ खरिद गर्न सक्ने सिप्रदी ट्रेडिङको विश्वास छ।

5425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका