जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • समानुपातिकतर्फ अब ८ लाख मत गन्न बाँकी, एकीकृत समाजवादी ‘थ्रेस होल्ड’ कटाउन संघर्षरत

समानुपातिकतर्फ अब ८ लाख मत गन्न बाँकी, एकीकृत समाजवादी ‘थ्रेस होल्ड’ कटाउन संघर्षरत

प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड १ लाख ३९ हजार ७२१ मतगणना भएको छ।

निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए। प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेकामा अब करिब नौ लाख मतगणना बाँकी रहेको देखिएको छ।

आयोगको पछिल्लो अपडेटअनुसार अहिलेसम्म प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निरन्तर अग्रता लिइरहेको छ। हालसम्म उक्त दलले २७ लाख १३ हजार ८२५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २५ लाख ७७ हजार ३९० मतसहित दोस्रो स्थानमा रहेको छ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ११ लाख ५० हजार ६६३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १ हजार १६२ छ सय ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७५ हजार १३, जनता समाजवादी पार्टी नेपालले ४ लाख ८ हजार ९२१ र जनमत पार्टीले तीन लाख ७६ हजार १५९ मत प्राप्त गरेका छन्।

यसैगरी एकीकृत समाजवादीले २ लाख ८९ हजार ४८८ मत पाएको छ। एकीकृत समाजवादीले कुल गणना गरेको मतमा अहिलेसम्म २.८५ प्रतिशत मत पाएको छ। कुल खसेको मतमा भने एकीकृत समाजवादीले पाएको मतको २.६३ प्रतिशत पुग्छ। राष्ट्रिय पार्टी बन्नका लागि ३ प्रतिशतको थ्रेस होल्ड कटाउनैपर्ने हुन्छ। यसका लागि एकीकृत समाजवादी संघर्षरत रहेको दिन्छ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६१ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ। सुनसरी क्षेत्र नं ४, स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आइसकेपछि आयोगले ‘सेन्ट लग’ सूत्रअनुसार दलहरूले बुझाएको अन्तिम बन्द सूचीबाट समानुपातिकमा पाउने स्थान (संख्या) निर्धारण गर्नेछ। दोलखाका १० मतदान केन्द्रमा यही मङ्सिर १५ गते पुनः मतदान हुँदैछ।

1440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका