जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सेयर बजारः सुरुवातको पहिलो घण्टामै १५ कम्पनीको कारोबार उत्साहजनक, सेन्चुरी र मेगा बैंक अगाडि

सेयर बजारः सुरुवातको पहिलो घण्टामै १५ कम्पनीको कारोबार उत्साहजनक, सेन्चुरी र मेगा बैंक अगाडि

सेयर बजारमा आइतबार कारोबार सुरु भएको पहिलो घण्टामा नै केही कम्पनीको उत्साहजनक कारोबार भएको छ। नेप्सेका अनुसार १५ कम्पनीको कारोबारमा यस्तो पाइएको हो।

यस अवधिमा सबैभन्दा बढी बैंकको प्रमोटर सेयर कारोबार भएको छ। १५ कम्पनीमध्ये सेन्चुरी कमर्सियल र मेगा बैंकको प्रमोटर सेयरको सबैभन्दा बढी कारोबार भएको छ।

यस अवधिमा सेन्चुरी बैंकको प्रमोटर सेयर प्रतिकित्ता १२० रुपैयाँमा ६४ हजार २३३ कित्ता र मेगा बैंकको प्रतिकित्ता १२० रुपैयाँमा २९ हजार ५८५ कित्ता कारोबार भएको हो। 

यस्तै यस अवधिमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको कारोबार पनि उत्साहजनक देखिएको छ। इन्स्यारेन्सको कारोबार मूल्य ५८९ रुपैयाँमा ५ हजार ४४६ कित्ता र लक्ष्मी उन्नति कोषको १०.३८ रुपैयाँका दरले ४ हजार ९५० कित्ता कारोबार भएको हो। 

समाचार तयार पार्दासम्म २१९ कम्पनीको १३ लाख ८ हजार सेयर ५४ करोड ९१ लाखको हाराहारीमा कारोबार भइरहेको छ भने नेप्से ९.५७ अंकले घटेको छ। 

symbolLTPLTV
CCBLPO12064233
MEGAPO12029585
PICL5895446
LUK 10.384950
CMF19.53950
SEF10.53850
SEF10.53850
NMB5012.723000
NICBF10.51200
UPPER 5461000
SAEF12.91000
NBF210.41000
SHL230800
SBL400800
NHPC263500

3865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका