जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • भारत भित्रिने करोडौं बीमाङ्क रकम नेपालमै रोक्न सफल भए: मदन भट्ट

भारत भित्रिने करोडौं बीमाङ्क रकम नेपालमै रोक्न सफल भए: मदन भट्ट

धनगढीका मदन भट्ट विगत दुई दशकदेखि बीमा अभिकर्ता पेशामा संलग्न छन् । नेपाल भारतको सिमाना समेत भएको उक्त क्षेत्रमा अभिकर्ताको रुपमा संलग्न हुन पाउँदा खुशी लाग्ने गरेको उनी सुनाउँछन् । उनले अभिकर्ता पेशा सुरु गर्दाको अवस्था र हालको अवस्थालाई हेर्दा धेरै कुराको फरक पाउने गरेको उनको अनुभव छ ।

मदनले सन २००१ देखि बीमा अभिकर्ता पेशा सुरु गरेका थिए । उनको घर छेउका छिमेकीको छोरा नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध थिए । उनै छिमेकीले मदनलाई पनि अभिकर्ता बन्न प्रेरित गरिरहन्थे । तर उनलाई भने खासै वास्ता लाग्दैन थियो । सो समय नेपालीहरु एलआइसी इन्डिया कम्पनी मार्फत बीमा गर्ने गर्थे । यसरी नेपालीले विदेशी कम्पनीमा बीमा गरेको देखेपछि उनमा अभिकर्ता बन्ने रहर जाग्यो । जसअनुरुप उनले सन २००१ मा एलआइसी नेपालबाट अभिकर्ताको कोड लिएर काम सुरु गर्न थाले ।

उनले भरखरै बीमा अभिकर्ताको रुपमा काम गर्दै गर्दा बीमा बारे सकारात्मक सोच राख्ने कमै व्यक्तिहरु थिए । बीमा अभिकर्ता भनेको कमिसनको लागि काम गर्ने र पैसा कमाउनका लागि मात्रै काम गर्ने भन्ने गरेको उनको भनाई छ । बीमा बारे सचेतना जगाउनका लागि उनी विभिन्न विद्यालयले आयोजना गर्ने कार्यक्रम, पिकनिक लगाएतमा सहभागी हुने गर्दथे । उनलाई अचम्म के लाग्थ्यो भने विद्यालयको प्रिन्सिपललाई समेत बीमा बारे कुनै जानकारी भएको पाइदैन थियो । यी कुराहरुले गर्दा पनि उनले अभिकर्ता पेशामा थप सशक्त भएर लाग्ने सोच बनाएका थिए ।

भारत भित्रिने करोडौं बीमाङ्क रकम नेपालमै रोक्न सफल

धनगढी क्षेत्रका व्यापारी र धनाढ्य व्यक्तिहरुले भारतीय अभिकर्ता मार्फत भारतकै बीमा कम्पनीमा बीमा गर्ने गर्दथे । मदनको अनुमानमा बीमा रकमको नाममा बार्षिक ६०/७० करोड नेपाली रुपैयाँ भारत जाने गर्दथ्यो । भारतीय अभिकर्ताले नेपाली बीमित मार्फत टन्नै कमाउँथे । सोहि क्षेत्रका अभिकर्ता सक्रिय हुन थालेपछि भने भारत जाने ९० प्रतिशत बीमा रकम नेपालमै रोकिएको मदनको भनाई छ । आफूले काम गरेको २० वर्षको अवधिमा नेपाली रुपैयाँ भारत जान रोक्न सकेकोमा आफ्नो कामप्रति खुशी लाग्ने गरेको उनी सुनाउँछन् । यसरी नेपालमै बीमा गर्ने भएपछि नेपाली अभिकर्ताले रोजगारी र नेपाल सरकारले कर पाएका छन् । यति मात्र नभई भारतीय मुलका नागरिक समेत नेपालमा आएर बीमा गर्ने प्रचलन बढेको उनको अनुभव छ ।

जीवन बीमा एउटा विश्वास भएकोले बीमा गरिदिने व्यक्ति विश्वासिलो हुन आवश्यक रहेको मदनको बुझाई छ । बीमा अभिकर्ताले दिने सेवा र इमान्दारीताबाटै बीमित आकर्षित हुने हुँदा अभिकर्ताले इमानदारीपूर्वक काम गर्न आवश्यक रहेको उनको भनाई छ । बिना लगानी गरिने बीमा अभिकर्ता पेशामा विश्वासका साथ काम गर्ने हो भने अन्य रोजगारी खोज्न जान पर्दैन । रोजगारीका लागि विदेशीने युवा पुस्ताले धैर्यताका साथ काम गर्ने हो भने परिवारसँगै बसेर राम्रो कमाईका साथै राम्रो रिलेसन कमाउन सक्ने धनगढीका मदन भट्ट बताउँछन् ।

1910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका