जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नीति नियम बनाउने थलोमा अर्बपति देखि बैंक सञ्चालकहरुको हालिमुहालीः सभासद निर्वाचित हुँदा पनि सञ्चालकबाट दिएनन् राजीनामा

नीति नियम बनाउने थलोमा अर्बपति देखि बैंक सञ्चालकहरुको हालिमुहालीः सभासद निर्वाचित हुँदा पनि सञ्चालकबाट दिएनन् राजीनामा

एनसीसी बैंकका सञ्चालक मोहन बस्नेतले सभासद निर्वाचित भएपनि बैंकको संचालक समितिको सदस्य पदबाट अझैपनि राजीनामा दिएका छैनन भन्दा फरक पर्दैन । नेपालका अर्बपति, व्यवसायी देखि बैंकका संचालक समितिका अध्यक्ष र संचालकहरु मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा निर्वाचित भएका छन् भन्दा अब फरक पर्दैन । विश्वकै धनी सूचीमा पर्न सफल विनोद चौधरी नेपाली कांग्रेस पार्टीबाट टिकट लिएर चुनावमा विजयी भएका छन् भने प्रभु समूहका अध्यक्ष एवं प्रभु बैंकका पूर्व अध्यक्ष देवी प्रकाश भट्टचन एमालेबाट समानुपातिकबाट सभासद चुनिएका छन् । उनी मात्रै होइन माछापुच्छ्रे बैंकका संचालक समितिका अध्यक्ष विरेन्द्र महत्तो (जसपा)बाट टिकट लिएर विजयी भएका छन् । उता एनसीसी बैंकका संचालक मोहन बस्नेत नेपाली कांग्रेस पाटीको टिकटबाट निर्वाचित भएका छन् यि त उदाहरण मात्रै हुन् । नीति निर्माण गर्ने ठाउँमा बैंक संचालक देखि अर्बपति पुगेपछि कस्तो नीति निर्माण होला ? त्यो सहजै अनुमान गर्न सकिन्छ हेक्का होस् ।

एकीकृत समाजवादीका तर्फबाट व्यवसायी किसान श्रेष्ठ (बारा–४), काठ तथा होटल व्यावसायी प्रेम आले (डोटी)ले निर्वाचन जितेका छन् ।सपाका वीरेन्द्रप्रसाद महतो (सिराहा–४), राप्रपाका विक्रम पाण्डे (चितवन–३), एमालेका लालप्रसाद (एलपी) साँवा लिम्बु (झापा–४) ले पनि यो निर्वाचनमा आफ्नो संसदीय यात्रालाई निश्चित गरेका छन् ।

मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा प्रत्यक्षतर्फ अर्बपति, व्यवसायीदेखि बैंकका सञ्चालसम्मले चुनाव जितेको भेटिएको छ । निर्वाचनमा चर्चित उम्मेदवारहरुमध्ये कांग्रेसकातर्फबाट व्यवसायी तथा अर्बपति विनोद चौधरी (नवलपरासी पश्चिम–१), पर्यटन व्यवसायी राजेन्द्र बजगाईं (गोरखा–१), मेडिकल व्यवसायी सुनिल शर्मा (मोरङ–३), निर्माण व्यवसायी कान्छामान तामाङ (रामेछाप), जलविद्युत व्यवसायी दीपक खड्का (संखुवासभा), निर्माण व्यवसायी मोहन आचार्य (रसुवा), वैदेशिक रोजगार व्यवसायी टेकबहादुर गुरुङ (मनाङ), व्यवसायी मोहन बस्नेत (सिन्धुपाल्चोक–२), होटल व्यावसायी योगेश गौचन थकाली (मुस्ताङ) र शिक्षा क्षेत्रका लगानीकर्ता दुर्लभ थापा क्षेत्री (भक्तपुर) लगायत विजयी भएका छन् । यस्तै एकीकृत समाजवादीका तर्फबाट व्यवसायी किसान श्रेष्ठ (बारा–४), काठ तथा होटल व्यावसायी प्रेम आले (डोटी)ले निर्वाचन जितेका छन् ।सपाका वीरेन्द्रप्रसाद महतो (सिराहा–४), राप्रपाका विक्रम पाण्डे (चितवन–३), एमालेका लालप्रसाद (एलपी) साँवा लिम्बु (झापा–४) ले पनि यो निर्वाचनमा आफ्नो संसदीय यात्रालाई निश्चित गरेका छन् । त्यस्तै, उद्यमी तथा स्टार्टअप व्यवसायमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल (काठमाडौं–६) निर्वाचित भएको देखिन्छ ।

कालिका कन्स्टक्सन प्रालिका सञ्चालक समेत रहेका राप्रपाका विक्रम पाण्डे चितवन ३ बाट निर्वाचित भएका छन् । खनालले १४ जार २०४ मत ल्याउँदै जितेका हुन् । सो क्षेत्रमा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत र कांग्रेसका भीमसेनदास प्रधानले ८ हजार ८०५ मत ल्याएका छन् ।

मनाङमा कांग्रेसका उम्मेदवारसमेत रहेका वैदेशिक रोजगार व्यवसायी टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । मनाङमा एमालेका तर्फबाट पोल्देन छोपाङ गुरुङ उम्मेदवार थिए । कालिका कन्स्टक्सन प्रालिका सञ्चालक समेत रहेका राप्रपाका विक्रम पाण्डे चितवन ३ बाट निर्वाचित भएका छन् । खनालले १४ जार २०४ मत ल्याउँदै जितेका हुन् । सो क्षेत्रमा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत र कांग्रेसका भीमसेनदास प्रधानले ८ हजार ८०५ मत ल्याएका छन् । भन्दा फरक पर्दैन । एमालेबाट वैदेशिक रोजगार व्यावसायी लालप्रसाद (एलपी) साँवा लिम्बु निर्वाचित भएका छन् ।

जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई पराजित गर्दै जसपाका महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको देखिन्छ ।नेपालका अर्बपति देखि बैंककै संचालक ठूलो धनराशी खर्च गरि सभासद बनेपछि उनीहरुले नियम कानून बनाउँदा कति लबिङ गर्दछ् त्यो हेर्न बाँकी छ ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट एनसीसी बैंकका सञ्चालकसमेत रहेका व्यवसायी मोहन बस्नेत निर्वाचित भएका छन् । त्यस्तै, पर्सा–३ बाट भाँडाकुँडा उद्योग सञ्चालक रहेका व्यवसायी राजकुमार गुप्ता निर्वाचित भएका छन् । उनले २४ हजार २६० मत प्राप्त गरे । यस्तै सिरहा ४ बाट जनता समाजवादी पार्टीका वीरेन्द्र महतो निर्वाचित भएका छन् । जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई पराजित गर्दै जसपाका महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको देखिन्छ ।
नेपालका अर्बपति देखि बैंककै संचालक ठूलो धनराशी खर्च गरि सभासद बनेपछि उनीहरुले नियम कानून बनाउँदा कति लबिङ गर्दछ् त्यो हेर्न बाँकी छ । सचेत भया ।

2415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका