जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमै रोक्दै उद्योगी व्यवसायी

राष्ट्र बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमै रोक्दै उद्योगी व्यवसायी

चर्को ब्याजदरकाविरुद्ध आन्दोलनरत उद्योगी–व्यवसायीले सोमबारदेखि विराटनगरस्थित नेपाल राष्ट्र बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउने भएका छन्। मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ प्रदेश १, उद्योग संगठन मोरङको आह्वानमा भएको विरोध कार्यक्रममा ४० भन्दा बढी वस्तुुगत संघसंस्थाका प्रतिनिधिले ब्याजदरलगायत विभिन्न ५ बुँदे माग राख्दै विराटनगरस्थित राष्ट्र बैंकको कार्यालयअगाडि आन्दोलन चर्काएका छन्। उनीहरुले बिहीबारदेखि बिहान १० बजेदेखि साँझ ४ बजेसम्म धर्ना दिइरहेका हुन्।

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बिजशालासँग कुराकानीमा आफ्ना माग पूरा नहुँदासम्म आन्दोलन नरोकिने बताए। बैंकको ब्याजदर एकल विन्दुमा झार्न, स्पे्रेडदर न्यूनतम २ प्रतिशतमा झार्न, संस्थागत निक्षेपको ब्याजदर २ प्रतिशतभन्दा बढी कायम नगर्न, चालुु पुँजी कर्जा मार्गदर्शन खारेज गर्न र उद्योगी–बैंकरको सेप्रेसन गर्नुुुपर्ने आफूहरुको माग रहेको घिमिरेले बताए। उता मधेश प्रदेशमा उद्योगी–व्यसायीहरु पनि बैंकहरुको चर्को ब्याजदरका कारण आफूहरुलाई समस्या भएको तथा राष्ट्र बैंकले लागू गरेको चालुपुँजी कर्जा मार्गदर्शनविरुद्धमा आन्दोलनमा उत्रिएका छन्।

4930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका