जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सिटिजन्स बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलमा छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलमा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुरानो बानेश्वर स्थित फ्रन्टलाइन हस्पिटल प्रालि बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले फ्रन्टलाइन हस्पिटलका  विभिन्न सेवाहरुमा १३ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने छ।

सिटिजन्स बैंकले भारतको दिल्ली स्थित मेदान्त हस्पिटल लगायत मुलुकको करिब २५ अस्पतालस‘ंग छुट सहकार्यको सम्झौता गरेको छ । हाल बैंकमा करिब १५ लाख ग्राहकहरुले सेवा लिईरहेका छन् ।

1495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका