जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ७ करोड मूल्यको लक्जरी बीएमडब्लु एक्स७ आयात गरिएको एक सातामै बिक्यो

७ करोड मूल्यको लक्जरी बीएमडब्लु एक्स७ आयात गरिएको एक सातामै बिक्यो

नेपाल भित्रिएको एक सातामै लक्जरी गाडी बीएमडब्लु एक्स७ एक्सड्राइभ ४०आइ बिक्री भएको छ। कात्तिक २९ गते भित्रिएको यो गाडी नेपाल ल्याइएको एक सातामै बिक्री भएको हो।

नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एकमात्र आधिकारिक आयातकर्ता र डिलर लक्ष्मी प्रिमियम मोटर्सका अनुसार ७ करोड पर्ने सो गाडी नेपाल ल्याइएको एक सातामै बिक्री भएको हो।

अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, बलियो, सुरक्षा, शक्तिशाली, र विलासी फिचरले यो गाडी सुसज्जित भएको कम्पनीको दाबी छ। कम्पनीले यो गाडी बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई उजागर गरेको जनाएको छ।

1960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका