जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कर्जा लिएपछि तिर्नुपर्छ, अहिले सकिएन भन्न पाँइदैन : गभर्नर अधिकारी

कर्जा लिएपछि तिर्नुपर्छ, अहिले सकिएन भन्न पाँइदैन : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्षमता अनुसार कर्जा लिन आग्रह गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले व्यवसायीले आफ्नो क्षमता अनुसार मात्रै कर्जा लिनुपर्ने बताएका छन्।
उनले भने, ‘कर्जा लिएपछि तिर्नुपर्छ। अहिले सकिएन भन्न पाँइदैन ।’ उनले राष्ट्र बैंकले व्यवसायिक वातावरण राम्रो बनाउने, लगानी मैत्री वातावरण बनाउने, आर्थिक स्थिरता ल्याउने, बैंकिंग क्षेत्रमा स्थायित्व ल्याउने प्रतिबद्ध रहेको बताए ।

उनले ब्याजदरको विषय पनि बजारलाई नै छोडिएको बताए । पछिल्लो समय बैंकको कर्जा असुलीमा समस्या आइरहेको भन्दै गभर्नर अधिकारीले व्यवसायीलाई समयमा नै कर्जा तिर्न आग्रह पनि गरे ।

यदि कुनै बैंकले बढी ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी गर्न समेत भनेका छन्। गत वर्ष मात्रै बैंकहरुले लिएको बढी ब्याज फिर्ता गराएको बताउँदै कुनै पनि बैंकले बढी ब्याज लिएको भए केन्द्रीय बैंकले फिर्ता गराउँछ’, उनले भने ।

उनले मौद्रिक नीतिको समीक्षा ढिलो आउँदैमा कुनै समस्या नआउने पनि बताए । उनले मौद्रिक नीतिले सबै समस्याको समाधान गर्न नसक्ने बताए ।

3250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका