जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको औसत प्रगति, यस्तो देखियो वित्तीय विवरण

मुक्तिनाथ विकास बैंकको औसत प्रगति, यस्तो देखियो वित्तीय विवरण

मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म औसत प्रगति गरेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आवको ६ महिनामा ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा विकास बैंकहरुमध्ये सबैभन्दा बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले समीक्षा अवधिमा ३.९६ प्रतिशतले नाफा वृद्धि गरेको हो । पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ६ करोड ३ लाख रुपैयाँ छ ।

दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी तथा ८९ करोड ४६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिसम्म बैंकले १ अर्ब ५३ करोड रुपैयाँ खुद ब्याज आम्दानी तथा ८६ करोड ५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा ब्याज आम्दानी ३३.३७ प्रतिशतले बढ्दा सञ्चालन नाफा ३.९६ प्रतिशत मात्र बढेको हो ।

इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको सञ्चालन मुनाफा र खुद नाफा दुबै घटेको हो । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज वापत ४४ करोड १७ लाख रुपैयाँ व्यवस्था गरेको छ । गत आवको सोही अवधिमा यस्तो रकम १६ करोड ४१ लाख रुपैयाँ मात्र थियो ।

साढे १३ प्रतिशतले चुक्ता पुँजी बढाएको बैंकको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ७९ पैसा घटेको छ । पुँजी वृद्धिको अनुपातमा नाफा बढ्न नसकेपछि बैंकको इपीएसमा दबाब परेको हो । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ६ अर्ब ४२ करोड ९ लाख तथा प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५१ पैसामा छ ।

बैंकको जगेडा कोष तथा कोषको आकार २ अर्ब ४१ करोड ९४ लाखबाट घटेर २ अर्ब २४ करोड ४४ लाख रुपैयाँ झर्न पुगेको छ । जगेडा कोष ७.२३ प्रतिशत घटेको हो । समीक्षा अवधिसम्म बैंकले १ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब १९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८६ अर्ब ८१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो । बैंकको निक्षेप ४.४३ प्रतिशत र कर्जा लगानी ६.२० प्रतिशतले बढेको हो ।

बैंकको खराब कर्जा अनुपात ०.२६ प्रतिशत बिन्दुबाट बढेर ०.९८ प्रतिशत पुगेको छ । पुस मसान्तसम्ममा बैंकको प्रति सेयर नेटवर्थ १३४ रुपैयाँ ९६ पैसा, मूल्य आम्दानी अनुपात २१.५३ गुणा छ । बैंकको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ९४ पैसा, स्पेडदर ४.९९ प्रतिशत, आधारदर १२.८० प्रतिशत, कर्जा निक्षेप अनुपात ८७.६६ प्रतिशत र पुँजीकोष अनुपात ११.५५ प्रतिशत छ ।

1995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका