जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको नाफा ३० करोड ५० लाख

महालक्ष्मी विकास बैंकको नाफा ३० करोड ५० लाख

चालू आवको छ महिना(दोस्रो त्रैमास) मा महालक्ष्मी विकास बैंकले रू. ३० करोड ५० लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ५४ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. १९ करोड ७६ लाख नाफा कमाएको थियो ।

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफामा वृद्धि भएको हो ।

कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ७ करोड छ । जगेडा कोषमा रू. १ अर्ब ४० करोड छुट्याएको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ३५ अर्ब ७ करोड निक्षेप संकलन भएको छ भने रू. २९ अर्ब १८ करोड कर्जा प्रवाह भएको हो ।

कम्पनीको वितरणयोग्य नाफा रू. २१ करोड १३ लाख छ । प्रतिशेयर आम्दानी रू. १९ दशमलव ८६, मूल्य आम्दानी ९ दशमलव ७७ टाइम्स, तरलता अनुपात ३० दशमलव १६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५२ दशमलव ७६ छ ।

9405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?