जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ

योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ।

दोस्रो पटक योजना आयोगको नेतृत्व पाएका श्रेष्ठले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथसँगै कार्यभार सम्हाल्दै छन्।

श्रेष्ठ यसअघि २०७३ भदौमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा आयोगको उपाध्यक्ष भइसकेका हुन्।

उनी राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत हुन्। राष्ट्र बैंकमा उनले २८ वर्ष काम गरेका थिए।

यसैगरी आयोगको सदस्यमा डा. रामकुमार फुयाल तेस्रो पटक नियुक्त भएका छन्।

4105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका