जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कुमारी बैंकका सञ्चालक डा. सोभाकान्त ढकाल भू–माफियाको नाइके रहेको खुलासा

कुमारी बैंकका सञ्चालक डा. सोभाकान्त ढकाल भू–माफियाको नाइके रहेको खुलासा

भूपेन्द्र आचार्य । नेपालको अत्यन्तै महत्वपूर्ण ठाउँ जहाँ प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीस र नेपाल राष्ट्र बैंकको भवन छ । त्यही भित्र रहेको करिब १२५ रोपनी जग्गा भूमाफियाहरुको कब्जामा रहेको सुन्दा अचम्म लाग्न सक्दछ तर यो सत्य हो ।
सुन्दा पनि अचम्मै लाग्ने जहाँ नेपालको सबैभन्दा महत्वपूर्ण व्यक्तित्वहरुको निवास छ । त्यहीको अर्वौ मूल्यको जमिन केही भूमाफियाहरुले बर्षै देखि आफ्नो र परिवार नाममा ल्याएर नेता देखि कलाकालसम्मलाई विक्री गरेको खुलासा छ ।
कुमारी बैंकका पूर्व अध्यक्ष एवं भाटभटेनी सुपर मार्केटका प्र्रबन्ध निर्देशक मीन बहादुर गुरुङ र हालका संचालक समिति सदस्य डा. सोभाकान्त ढकालकै संलग्नतामा उक्त सरकारी जग्गा व्यक्तिको नाममा ल्याएको सरकारद्वारा गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको स्रोतको दाबी छ ।

भू–माफिया एवं कुमारी बैंकका सदावहार संचालक डा. सोभाकान्त ढकाल र भाटभटेनीको मालिक मीन बहादुर गुरुङ र उनीहरुका श्रीमतीका नाममा उक्त जग्गा रहेको समाचार हामीहरुले ४ वर्ष अगाडी नै गरेका थियौं । आज उक्त कुराको पुष्टी भएको छ ।

कुमारी बैंकका लगानीकर्ताद्वय गुरुङ र ढकालले मालपोतका कर्मचारी र उच्च नेताहरुलाई प्रलोभनमा पारि उक्त जग्गा आ–आफ्नो नाममा ल्याएको खुलेको हो । सो जग्गामा काठमाडौं स्टिल कम्पनी र भाटभटेनी सुपरमार्केटको गोदाम रहेको छ । यता डा. सोभाकान्त ढकालले ८ आना जग्गा ४ लाख मुल्यमा एमाले महासचिव विष्णु पौडेलका छोराको नाममा ७ वर्ष अगाडी विक्री गरेको विभिन्न समाचार माध्याममा समाचार वाहिर आएको छ ।

खास गरी भाटभटेनीका मालिक मीन बहादुर गुरुङ र कुमारी बैंकका संचालक डा. सोभाकान्त ढकालकै योजनामा सरकारी सम्पत्ती जफत गरेको खुलेको र उक्त सम्पत्ती बारे अख्तियारले छानबीन समेत अन्तिम रुपमा पु¥याएको छ । तर डा. ढकाल अझै कुमारी बैंकको संचालक र उनी आगामी १ महिना पछिको साधारण सभाबाट अध्यक्ष बन्ने दाउमा रहेको देखिन्छ

जनताको पैसा भएको संस्थामा भू–माफियालाई राखिरहँदा पनि राष्ट्र बैंक बोल्दैन कारण के हो अर्थमन्त्री ज्यू । यसको उत्तर ३ करोड नेपालीलाई तपाईले दिनु पर्दछ कि पर्दैन ? सचेत भया ।

6810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका