जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • आइएमई लाइफको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न, प्रथम हुनले पाए हिरो मोटरसाइकल

आइएमई लाइफको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न, प्रथम हुनले पाए हिरो मोटरसाइकल

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुको मनोबल उच्च राख्न भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ ।
यही असोज १६ गते कम्पनीको केन्द्रिय कार्यालयबाट आयोजित कार्यक्रममा जुम मिटमार्फत प्रत्यक्ष प्रसारण गरी देशभरिका अभिकर्ता, ग्राहक र कर्मचारीको उपस्थितिमा बिजेताको नाम घोषणा गरेको छ ।

उक्त योजनाअन्तर्गत १५ जनालाई सान्त्वना पुरस्कारमा विद्युतिय हिटर, तेश्रो पुरस्कारमा ५ ग्राम सुन,दोश्रो पुरस्कार आईफोन १३ र प्रथम पुरस्कारअन्तर्गत १२५ सीसीको हिरो मोटरसाइकल एक जनालाई प्रदान गरेको छ ।

साथै, आगामी दिनमा पनि अभिकर्ताको मनोबल उच्च राख्न र काममा प्रेरित गर्न यस्ता किसिमका उपहार कार्यक्रम आयोजना गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

2675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका