जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • ऋणीको फोटो राखेर सूचना निकाल्न नपाइने

ऋणीको फोटो राखेर सूचना निकाल्न नपाइने

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने नेपालीको रेमिटेन्स खातामा एक सय रुपैयाँ बैंकले नै हालिदिनु पर्ने ब्यवस्था गरेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

साथै ऋण असुल गर्ने प्रयोजनका लागि ऋणीको फोटो प्रकाशित गर्न पनि राष्ट्र बैंकले रोकेको छ। अहिले लिलामीको सूचनामा बैंकहरुले ऋणीको फोटोसहित प्रकाशित गर्दै आएका थिए। अब शुक्रबारबाटै यो काम गर्न पाइने छैन।

निक्षेपकर्ताको नयाँ खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको कालोसूचीमा छ/छैन भनेर पनि हेर्नु पर्ने भएको छ। यस्तो गर्दा कुनै शुल्क भने लिन पाइने छैन।

अबदेखि ६ महिनाभन्दा कमको संस्थागत मुद्दती निक्षेप स्वीकार गर्न नपाइने भएको छ। ब्यक्तिगतको तीन महिनालाई भने यथावत राखिएको छ। संस्थागत मुद्दती ६ महिनाअघि ‘प्रि म्याचुअर्ड’ पनि गर्न नपाइने भएको छ।

राष्ट्र बैंकले कृषि तथा उर्जा ऋणपत्रबाट संकलित रकम लगानी गर्ने व्यवस्थालाई कडाइ गरेको छ। ऋणपत्र जारी भएको तीन वर्षभित्र सम्बन्धित क्षेत्रमा लगानी गरिसक्नु पर्छ।

पहिलो वर्ष ३० प्रतिशत, दोस्रो बर्षसम्म ६० प्रतिशत र तेस्रो बर्षसम्म सम्पूर्ण रकम लगानी गरिसक्नु पर्छ।

1510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका