जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईले बानेश्वरमा शक्ति प्रर्दशन

मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईले बानेश्वरमा शक्ति प्रर्दशन

मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईले बानेश्वरमा शक्ति प्रर्दशन गरेका छन् । हिन्दू राष्ट्र, राजसंस्था स्थापना, बैंक तथा वित्तिय संस्थाको नियन्त्रण लगायतका माग राख्दै शनिवार उनले शक्ति प्रर्दशन गरेका हुन । यसअघि प्रसाईले सोही एजेण्डा लिएर झापाबाट मेची महाकाली अभियान सञ्चालन गर्दै कञ्चनपुरसम्म अभियान सञ्चालन गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा भेटेपछि प्रसाईले यो अभियान सुरु गरेका हुन् । उनको यो अभियानलाई राजावादी तथा हिन्दू राष्ट्र नेपालका पक्षधरहरुले साथ दिएका छन् । साथै राप्रपाका तल्लो तहका कार्यकर्ताहरुपनि यो अभियानमा सहभागी भएका छन् ।  बानेश्वरमा कार्यक्रम हुनुअघि भएको र्यालीमा सहभागीहरुले राजसंस्था स्थापना, हिन्दू राष्ट्र स्थापना, २०४७ सालको संविधानको कार्यान्वयन लगायतका माग गरेका छन् ।

कार्यक्रममा सम्बोधनका क्रममा प्रसाईले हालका नेताहरुले राजाको पालामा बनेको उद्योग धन्दा बेचेर खाएको र नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न खोज्दा एउटा अपराधी जस्तो आँपको रुखमा झुण्डिएर मनुपर्ने अवस्थामा पुर्याएको आरोप लगाएका छन् ।  उनले भने– ‘हिजो कम्युनिष्ट नामका साथीहरुले सर्वहारा वर्गको कुरा गर्दै सर्वहारा वर्गको भोट लिएर भुँई मान्छेको कुरा गर्दै उहाँहरु त दरबारमा हुनुहुन्छ । सुकुम्बासी टोलबाट २२ रुपैयाँको भुक्के चप्पल लगाएर सिंहदरबार छिर्नुभएका उहाँहरुको काठमाडौँमा पाँच छ वटा घर भएका छन् । यहाँदेखि दुबईसम्म पैसा पुर्याउनुभएको छ । जुन जनतालाई देखाएर उनीहरु कम्युनिष्ट भए ती जनताको आज जंगलको बास छ । बिहान भएपछि बैंक र लघुवित्त भन्ने संस्थाको मान्छे आउँछ भनेपछि ती गाउँका महिलाहरुको जंगलको बास छ । यसको अन्त्य हामीले गर्नुछ ।’

आफू कम्युनिष्ट रहेको बताउँदै उनले आफूले सर्वहारा वर्गको आवाज उठाउँदा कम्युनिष्ट नामको पार्टीले आफूलाई कारवाही गरेको सुनाए ।  हिजो एकसय रुपैयाँको ३ रुपैयाँ ब्याज लिने गाउँका सामन्तजस्तै अहिले लघुबित्त र बैंक सामन्तको रुपमा गाउँ छिरेको उनले बताए । उनले तिनको अन्त्य गर्नुपर्छ भन्दा आफूलाई उल्टो कारवाही भएको उल्लेख गरे । पार्टीको क्लब छोडेर अहिले सडकमा आएको र नेपालको उच्च नागरिक राजा रहेको बताउँदै उनले मेचीमा लगेर धर्मसंस्कृति बचाउने दियो बालेको उल्लेख गरे ।  उनले लघुवित्त पीडितहरु दुर्गा प्रसाईको अभियानलाई पर्खेर बसेको र आफ्नो अभियानपछि आत्महत्या गर्नबाट पछि हटेको दावी समेत गरे ।

प्रसाईले लघुबित्त र बैंकहरुलाई चेतावनी समेत दिँदै ती संस्थाहरुबिरुद्ध आन्दोलन अघि बढाउँदै लैजाने चेतावनी दिए ।  उनले नेपाली नेताहरुले दुबईमा पैसा लगेर होटल रिर्सोट भिल्लाहरु बनाएको दावी समेत गरे । उनले गणतन्त्रले देशलाई ऋणमा दुबाएको भन्दै राजसंस्था स्थापनाको माग गरेका छन् ।

1040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?