जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मौद्रिक नीति समीक्षामा प्रमुख माग सम्बोधन भयो : सीएनआइ

मौद्रिक नीति समीक्षामा प्रमुख माग सम्बोधन भयो : सीएनआइ

नेपाल उद्योग परिसंघ (सीएनआइ)ले मौद्रक नीति समीक्षालाई सकरात्मक रुपमा लिएको छ।

समीक्षामार्फत राष्ट्र बैंकले सम्बोधन गरेका मुख्य दुई विषय स्वागतयोग्य भएको परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले बताए। ‘हामीले प्राथमिकतामा राखेर माग्दै आएको विषय भनेको ब्याजदर र कर्जा चुक्ता गर्ने अवधि हो,यसलाई सम्बोधन गरेको विषय स्वागतयोग्य छ’, उनले भने, ‘विस्तृतमा अझै अध्ययन गर्दै छौँ, त्यसपछि समग्र प्रतिकृया दिने छौँ ।’

समिक्षाले बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलव्ध गराउने र २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरेको छ।

3510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?