जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • हिमालयन बैंक भित्र भद्रगोल, राष्ट्र बैंक किन मौन ?

हिमालयन बैंक भित्र भद्रगोल, राष्ट्र बैंक किन मौन ?

नेपालको पूरानो राणा, श्रेष्ठ, खेतान र पाण्डे समूहको लगानीको बैंक हिमालयन बैंक लिमिटेडलाई राष्ट्र बैंकले पछिल्लो चेतावनी रुवरुप तीनवटा निर्देशन दिएको भेटिएको छ ।

नेपाल राष्ट्र बैंकले सहमतीमा नभई चुनावबाट सञ्चालक चयन गर्ने र ८५ प्रतिशत संस्थापक शेयरधनीहरुको हिस्सालाई १५ प्रतिशत साधारण शेयरमा परिणत गर्न चेतावनी दिँदै निर्देशन नै जारी गरेको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ ।

राष्ट्र बैंकले सर्वसाधारणहरुको शेयर हिस्सा ३० प्रतिशत बनाउन र संचालक समिति चुनावी प्रकृयाबाट चयन गर्न दिएको निर्देशन तत्कालै कार्यान्वयन हदैसम्मको कारवाही गर्ने निर्देशन दिएको एक डिपुटी गर्भनरले राजतिलक साप्ताहिकसंग बताए । राष्ट्र बैंकको बुझाई छ । यी दुई निर्देशन पालना भए हिमालयन बैंकमा विगत लामो समयदेखि रहँदै आएको राणा र श्रेष्ठ समूहको एकाधिकार अन्त्य हुने छ ।

यसरी चलेको छ हिमालयन बैंक

विगत २०१२ देखि हिमालयन बैंकको अध्यक्षमा एन टे«डिङ कम्पनीका तर्फबाट मनोज बहादुर श्रेष्ठ अध्यक्ष सदाबहादर रहँदै आएका छन् भने आभा इन्टरनेशनल प्रा.लि.का तर्फबाट सीइओ अशोक राणा रहँदै आएका छन् । यि दुईको एकाधिकार अन्त्य गर्न नेपाल राष्ट्र बैंकले कडा निर्देशन दिएको खुलेको छ । राष्ट्र बैंक भन्दछः– राणा समूह र श्रेष्ठ समूहको चर्को हस्तक्षेप बढेपछि खेतान समूहको म्यूच्यूअल टे«ड्रिङ कम्पनीबाट प्रतिनिधीत्व गर्दै सञ्चालक रहेका सदस्यले नोट अफ डिसेन्ट लेखि राजिनामा दिएपछि सो समूहको अहिलेसम्म बैंकमा प्रतिनिधित्व नै छैन । यस खेतान समूहको ११.८५ प्रतिशत शेयर स्वामित्व हिमालयन बैंकमा रहेको छ ।

खेतान समूहले राणा र श्रेष्ठ समूहले आफूलाई संचालक नराखेको भन्दै राष्ट्र बैंक, धितोपत्र बोर्ड र अदालत पुगेपछि राष्ट्र बैंकले अबउप्रन्त संचालक समितिको चुनावबाटै नेतृत्व चयन गर्न र शेयर स्वामित्व घटाउन निर्देशन दिएको स्रोतको दाबी छ ।

अहिले खेतान समूहलाई कर्मचारी सञ्चय कोष र हबीब बैंकका सदस्यहरुले साथ दिने बताएपछि राणा र श्रेष्ठ समूहको एकाधिकार हिमालयन बैंकबाट हट्ने राष्ट्र बैंकको बुझाई रहेको देखिन्छ ।

हिमालयन बैंकमा कसको कति छ । शेयर हिस्सा ?

हिमालयन बैंकमा ८ प्रतिशत भन्दा मथि शेयर स्वामित्व रहेका छ वटा कम्पनी देखिन्छ । संयुक्त लगानीका बैंकमा सबैभन्दा धेरै शेयर हिस्सा पाकिस्तानको हबीब बैंकको २० प्रतिशत, दोस्रोमा कर्मचारी संचय कोया १४ प्रतिशत, एन टे«डिङ कम्पनीको १२.७१ प्रतिशत छ ।

चौथो ठुलो शेयरधनी रहेका खेतान ग्रुपको म्युचुअल टे«डिङ कम्पनीको ११.८५ प्रतिशत शेयर छ । यस्तै बैंकको पाँचो ठुलो शेयरधनीको रुपमा प्रथम गर्भनर हिमालयन शम्शेर राणाको आभा इन्टरनेशनलको ११.३८ प्रतिशत र पृथ्वी बहादुर पाण्डे समूहको छाँया इन्टरनेशनलको ८.८९ प्रतिशत शेयर स्वामित्व छ । सातौ ठुलो शेयरधनीमा शशिकान्त अग्रवाल हुन् । उनीको ४.४ प्रतिशत हिस्सा शेयर बैंकमा देखिन्छ ।

अब संचालक चयनमा मारामार ?

यदि हिमालयन बैंकले राष्ट्र बैंकका यी दुई निर्देशन पालना गरे संस्थापक शेयर हिस्सा ७० प्रतिशत र साधारण शेयर हिस्सा ३० प्रतिशत पुगेको देखिन्छ । भने ७ सदस्यीय सञ्चालक समितमा ६ जना निर्वाचन प्रणालीबाट आउने छन् । भने एक जना स्वतन्त्र संचालक नियुक्त गर्नुपर्ने र एकजना अनिवार्य महिला हुनुपर्ने कानुनी प्रावधान छ । यो अब हुनुपर्ने देखिन्छ ।

हालका बैंक अध्यक्ष मनोज बहादुर श्रेष्ठ पुन अध्यक्ष बन्न चाहे उनीलाई अब कर्मचारी सञ्चय कोष र हबिब बैंकको साथ र आफू बाहेक ३ सदस्य चाहिन्छ । अब यो सम्भव नै देखिदैन ।

किनभने अर्थमन्त्री डा. यूवराज अतिवडाले सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोषलाई श्रेष्ठ र राणा समूहलाई अब सहयोग नगर्न निर्देशन नै दिएको स्रोतको दाबी छ । अर्को हबिब बैंकले आफ्नो शेयर स्वामित्व बेलायती सिडिसी समूहलाई बिक्री गर्न लागेपछि अध्यक्ष श्रेष्ठले लफडा गरेको कारण त्यो हबिब बैंकले पनि श्रेष्ठलाई सहयोग गर्ने पक्षमा छैन । यी र यस्ता कारणले अब हिमालयन बैंकमा श्रेष्ठ र राणा समूहको एकाधिकार राजको अन्त्य हुने देखिन्छ ।

खेतान समूहलाई हबिब बैंक र कर्मचारी संचय कोषको सहयोग समेत रहेको राष्ट्र बैंकको ठम्याई छ ।

एफपीओ निश्काशनमा पनि समस्या आउने

हिमालयन बैंकलाई राष्ट्र बैंकले संस्थापक पक्षको शेयर संरचना परिवर्तन गर्न निर्देशन दिएसंगै एफपीओ निकासनमा समेत समस्या रहेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले सेयर संचरना परिवर्तन गर्नलाई निर्देशन दिएसँगै हिमालयन बैंकले सर्वसाधारणमा थप एफपीओ निष्काशन गर्नुपर्ने वाध्यता छ । हाल बैंकमा संस्थागत र साधारण शेयरको संरचना ८५ र १५ प्रतिशत छ । राष्ट्र बैंकको निर्देशनअनुसार सेयर संरचना ७०–३० प्रतिशत गर्नुपर्ने हुन्छ । यो गर्न हिमालयन बैंकलाई फलामको चिउरा सरह देखिन्छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन वाफियाको दफा ९ को उपदफा १ मा बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल जारी पुँजीको ३० प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री वितरण गर्नुपर्ने ब्यवस्था गरेको छ । यद्यपी सोही दफको उपदफा ६ मा संयुक्त लगानीको बैंकमा भने राष्ट्र बैंकले तोकेअनुसार साधारण शेयर बिक्री गरे हुने उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार ५० प्रतिशत भन्दा धेरै विदेशी लगानी भएको बैंकलाई ७० प्रतिशत भन्दा माथि संस्थापक शेयर राख्न छुट छ । तर हिमालयन बैंकमा २० प्रतिशत मात्रै विदे्शी लगानी भएकोले संस्थापक शेयर अधिकतम ७० प्रतिशत मात्रै कायम हुनुपर्ने बाध्यता देखिन्छ । राष्ट्र बैंकले यसैमा टेकेर निर्देशन जारी गरेको देखिन्छ ।

जे भए पनि अब हिमालयन बैंकसंग मात्रै २ वटा विकल्प छ । एउटा हो संचालकहरुको लाइनमा बसेर भोटिङ्ग गरी संचालक चुन्ने र अर्को ३० प्रतिशत शेयर स्वामित्व सर्वसाधारणमा लैजाने यी दुई काम नभएर राष्ट्र बैंक होइन अर्थमन्त्रालयका अर्थमन्त्री डा. खतिवडा नै कारवाहीमा उत्रिने प्रस्टै देखिन्छ ।

हिमालयन बैंकलाई नेपाल राष्ट्र बैंकले लघुवित्तयमा भएको संस्थापक शेयर विक्री गर्नुपर्ने अर्को निर्देशन पठाएको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ । राष्ट्र बैंकले भनेको छ । अब हिमालयन बैंकले एकभन्दा बढि लघुवित्तमा १० प्रतिशत भन्दा बढि संस्थापक शेयर होल्ड गर्न पाउने छैन ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) मा लघुवित्त वित्तीय संस्थामा कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले चुक्ता पूँजीमा लगानी गर्न सक्ने हद सम्बन्धी व्यवस्था राष्ट्र बैंकले निर्धारण गर्न सक्ने ब्यवस्था रहेको देखिन्छ । यसैमा टेकेर हिमालयन बैंकलाई कुनै एउटा वित्तीय संस्थामा अधिकतम २५ प्रतिशत र अन्य संस्थामा १० प्रतिशतथ भन्दा माथि संस्थापक शेयर नराख्न निर्देशन दिएको राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीले राजतिलक साप्ताहिकसंग बताए ।

राष्ट्र बैंक स्रोतका अनुसार हिमालयन बैंकसँग आरएमडिसि लघुवित्त वित्तीय संस्थाको ९.२३ प्रतिशत, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको ११.२२ प्रतिशत, छिमेक लघुवित्त वित्तीय संस्थाको ११.९८ प्रतिशत र स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको १२.०२ प्रतिशत संस्थापक शेयर देखिन्छ ।

स्मरणीय के छ भने अब हिमालयन बैंकलाई शेयर ७०÷३० गर्नुपर्ने अर्को संचालक समितिको प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने र तेस्रो संस्थापक शेयर भएका लघुवित्तहरुको शेयर होल्ड गर्न नपाउने जस्ता निर्देशन राष्ट्र बैंकले दिएपछि बैंक नेतृत्व तनावमा पुगेको देखिन्छ । सचते भया ।राजतिलक साप्ताहिक

14685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका