जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता, आइतबार पनि बैंकवित्त खुल्ने

दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता, आइतबार पनि बैंकवित्त खुल्ने

सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आइतबार पनि दिँदै आएको साप्ताहिक बिदा हटाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को यो निर्णय असार १ देखि लागू हुने बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। यसअघि सरकारले पेट्रोलको खपत कम गर्न नेपाल आयल निगमको सिफारिसमा परीक्षणका रुपमा जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

सातामा दुई दिन बिदा दिने सरकारको निर्णयको आलोचना भएको थियो। सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो।

योसँगै अब आइतबार पनि बैंकवित्तहरु खुल्ला हुने भएको छ । सातामा दुई दिन बैंकहरु बन्द हुँदा सर्वसाधारणलाई समस्यामा परेका थिए ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय हटाएपछि राष्ट्र बैंक पनि व्याक टु पुरानै मोडलमा जाने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पव्लिक होलि डे पनि वाणिज्य बैंकहरुले सेवा दिन्छु भन्नुहुन्छ भने उहाँहरुले पाउनुहुन्छ ।’ उहाँले राष्ट्र बैंकले अर्को निर्देशन छिट्टै जारी गर्ने र अर्को निर्देशनले जारी नभएसम्मका लागि सोही निर्देशनले काम गर्ने बताउनुभयो । 

यस्तो छ राष्ट्र बैंकले यस अघि दिएको निर्देशन

सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै नेपाल राष्ट्र बैंकले पनि बैंकहरुलाई निर्देशन जारी गरेको थियो ।

उक्त निर्देशनमा दसैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंक विभाग र मुद्रा व्यवस्थापन विभाग (टक्सार महाशाखासमेत) बाट प्रवाह हुने सेवा, भुक्तानी प्रणाली विभागबाट हुने आटीजीएस सेवा, मौद्रिक व्यवस्थापन विभागबाट हुने सेवालगायत अन्य अत्यावश्यक सेवा तथा प्रदेशस्थित कार्यालयको अत्यावश्यकीय बैंकिङ सेवालाई नियमित गर्न सीमित संख्यामा कर्मचारीलाई खटाई निर्धारित कार्यालय समयसम्म सञ्चालन गर्नुपर्ने राष्ट्र बैंककाे निर्देशनमा उल्लेख छ।

ती सेवा सञ्चालनमा सहयोग गर्न सूचना प्रविधि विभागले आवश्यक परेमा आवश्यकताअनुसार कर्मचारी खटाउन पनि निर्देशन दिइएको छ ।

जेठबाट कार्यालय समय बिहान ९ः३० बजेबाट अपराह्न ५ः३० बजेसम्म कायम गरिएको छ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय सयम बिहान ९ः३० बजेबाट ४ः३० बजेसम्म कायम गरिएको छ ।

यसैगरी जेठबाट बैंकिङ कारोबार समय बिहान ९ः३० बजेदेखि साँझ ४ बजेसम्म कायम गरिएको छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने बैंकिङ कारोबार समय बिहान ९ः३० बजेबाट अपराह्न ३ः३० बजेसम्म तोकिएको छ । सार्वजनिक बिदाबाहेक २०७९ वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ ।

यसअघि कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म र शुक्रबारका दिन भने बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म कामकारबाही हुने भनिएको थियो ।

त्यस्तै सार्वजनिक बिदाबाहेक वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म आइतबारदेखि बिहीबारसम्म बैंकिङ बिहान १० बजेदेखि साँझ ४ बजेसम्म खुला रहने भनिएको थियो ।

यसैगरी कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बैंकिङ समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रबारका दिन भने बिहान १० बजेदेखि दिउँसो मध्याह्न १२ः३० बजेसम्म कामकारबाही हुने भनिएको थियो ।

अब शुक्रबारका लागि पनि बैंकको कार्यालय पोसाक कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । त्यस्तै विभाग, कार्यालय, महाशाखा र इकाइले प्रत्यक्ष सेवाग्राहीले एकैदिनमा सम्पन्न हुने एकै सेवाका लागि थप अर्को साता कार्यालय आउनुपर्ने अवस्था सिर्जना हुन नदिने सुनिश्चतता गरी कार्य व्यवस्थापन गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

हप्ताको दुई दिन बिदा हुँदा हप्ताभरि सम्पन्न गरिएका कार्यहरुको सूची तथा सेवा प्रवाहको संख्या अध्ययन तथा मूल्यांकनका लागि अभिलेख राख्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

2775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका