जोडिनुहोस
आइतवार, असार २१, २०८३
आइतवार, असार २१, २०८३
  • होमपेज
  • राष्ट्रिय बीमा संस्थान ५६ औं वर्षमा प्रवेश

राष्ट्रिय बीमा संस्थान ५६ औं वर्षमा प्रवेश

सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा  संस्थान ५५ वर्ष पुरा गरेर ५६ औं वर्षमा प्रवेश गरेको छ ।  २०२५ फागुन ११ गते संस्थानकाे रूपमा परिणत भएकाे संस्थान आज बिहीबारदेखि ५६ वर्षमा प्रवेश गरेको हाे ।

नेपालको बीमा बजारमा जीवन बीमाको आवश्यकता र महत्वलाई जनमानसमा बोध गराउदै नेपाली जनताको आर्थिक सुरक्षाको सुनिश्चितता गर्न, जीवन बीमाको माध्यमबाट बीमाको पहुँच वृद्धि गर्न तथा वित्तीय स्रोत परिचालन गरी अर्थतन्त्रको सुदृढीकरणको सशक्त भुमिका निर्वाह गर्दै आएको संस्थानले दाबी गरेकाे छ ।

आगामी दिनमा संस्थानले उपलब्ध गराउने सेवाहरु अझ छिटो छरितो, सहज, गुणस्तरीय र विश्वसनीय बनाउदै जाने प्रतिवद्धता जनाएको छ ।

संस्थाले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्ममा ५ लाख ६० हजार रुपैयाँ कुल बीमालेख जारी गरी ६ अर्ब १५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको जनाएको छ । यस अवधिमा संस्थाले १ अर्ब ५८ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

सात अर्ब १८ करोड रुपैयाँ बचत रहेको संस्थानको बीमा कोषमा ५४ अर्ब ९१ करोड रुपैयाँ संञ्चित रहेको छ ।

3800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर