जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ ल्याउने

सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ ल्याउने

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आइपीओ ल्याउने भएको छ। कम्पनीले आइपीओ निष्कासन गर्न फागुन १७ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो।

बोर्डका अनुसार कम्पनीले अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँमा १५०.५५ रुपैयाँ प्रिमियम थप गरि २५०.५५ रुपैयाँका दरले आइपीओ निष्कासन गर्ने भएको हो।

बोर्डबाट निष्कासन तथा बिक्रीको अनुमति पाएपछि कम्पनीले सर्वसाधारणमा २ अर्ब ४० करोड ५२ लाख ८० हजार बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्कासन तथा बिक्री गर्ने छ।

कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ रहेको छ।

सन नेपालसँगै बोर्डमा प्रिमियममा आइपीओ निष्कासन गर्ने कम्पनीको संख्या ६ पुगेको छ। यसअघि सोनापुर मिनरल्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, भगवती हाइड्रोपावर, घोराही सिमेन्ट र माण्डू हाइड्रोपावर कम्पनीले प्रिमियममा आइपीओ ल्याउन आवेदन दिइसकेका छन्।

3535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्