जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • आईएमई पे मोबाइल टप अपमा ५ प्रतिशत क्यासब्याक यथावत

आईएमई पे मोबाइल टप अपमा ५ प्रतिशत क्यासब्याक यथावत

‘आईएमई पे’ ले आफ्नो सेवाग्राहीहरूलाई आईएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर यथावत राखेको छ ।

टप अपमा ५ प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीहरूलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावात राखिएको कम्पनीले जनाएको छ । यो अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्त्वपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा सेवाग्राहीहरूलाई अभ्यस्त बनाउने विश्वास कम्पनीले लिएको छ ।

भौतिक नगदभन्दा बढी डिजिटल कारोबरको अनुभव प्राप्त होस् भन्ने उद्देश्यका साथ टप अपमा ५ प्रतिशतको अफरलाई मुख्य प्राथमिकताका साथ अगाडि बढनेमा सहमत देखिएको कम्पनीको भनाइ छ ।

सेवाग्राहीहरूले दुई हजार रुपैयाँ रिर्चाज गर्दा एक सय रुपैयाँ, एक हजार रुपैयाँ रिचार्ज गर्दा ५० रुपैयाँ र एक सय रुपैयाँ रिचार्ज गर्दा ५ रुपैयाँ क्यासब्याकका साथै हरेक रिर्चाजमा ५ प्रतिशतसम्म प्राप्त हुनेगरी व्यवस्था मिलाइएको कम्पनीले बताएको छ ।

1205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका