जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कर्जा र लगानीबाट हुने आम्दानीमा आक्रामक देखियो रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

कर्जा र लगानीबाट हुने आम्दानीमा आक्रामक देखियो रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लगानी कर्जाबाट गर्ने आम्दानीमा आक्रामक देखिएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लगानी तथा कर्जाबाट हुने आम्दानी ५६.५५ प्रतिशतले बढेर ३० करोड ५० लाख ५२ रुपैयाँ पुर्‍याएको हो । कर्जाबाट हुने आम्दानीसँगै कम्पनीको खुद नाफामा पनि सामान्य वृद्धि देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा कम्पनीको खुद नाफा १.०१ प्रतिशतले बढेर ११ करोड ९४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद नाफा ११ करोड ८२ लाख रुपैयाँ थियो ।

कम्पनीले खुद बिमा शुल्कबाट ९३ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ । असोज मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ छ ।

895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका