जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • लुम्बिनी विकास बैंकको साधारण सभा पुस ९ गते, १३.६८ प्रतिशत लाभांश प्रस्ताव

लुम्बिनी विकास बैंकको साधारण सभा पुस ९ गते, १३.६८ प्रतिशत लाभांश प्रस्ताव

लुम्बिनी विकास बैंक लिमिटेडले पुस ९ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर १६ गतेको सञ्चालक समितिको बैठकले केन्द्रिय कार्यालय डिल्लिबजार, काठमाडौंमा विहान ११ः१५ बजे सभा गर्ने निर्णय गरेको हो । सभा भर्चुअल माध्यमबाट हुनेछ ।

सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तवित १३ दशमलव ६८ प्रतिशत लाभांश प्रस्तावलाई  पनि अन्तिम रुप दिनेछ । बैंकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत गरी कुल १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । बैंकले हाल कायम चुक्तापूँजी रू. २ अर्ब ९० करोड ६४ लाख ५३ हजारको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो ।

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम यस अघि प्रस्तावित लाभांश संशोधन गरेको हो । यस अघि बैंकको कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन पछि लाभांश प्रस्ताव संशोधन गरेको हो ।

सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्त प्रकृयामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिले दिने निर्णय पनि गर्नेछ । साधारण सभा प्रयोजनका लागि मंसिर २७ गते एक दिन बुक क्जोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

3575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका