जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोह पक्राउ

ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोह पक्राउ

ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोह पक्राउ परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पीडितहरुलाई विभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी म ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने पाँच जना पक्राउ परेका छन्।

उनीहरुले ईसेवा आईडी बैंक खातासँग लिंकअप तथा खाता नवीकरण, केवाईसी फर्म अपडेट, स्टेटमेन्ट भेरिफाइड, सेक्युटर ट्रान्सफर चार्ज नलाग्ने, ५० प्रतिशत क्यास ब्याक रकम उपलब्ध गराईदिन्छु भन्दै ठग्ने गरेका थिए।

यसरी झुक्याएपछि उनीहरुले पिडितलाई विश्वास दिलाई पिडितहरुकै मोबाईल नम्बरमा ओटिपी पठाई उक्त कोड मागी लिए पश्चात् ईसेवाका सेवाग्राहीहरुकै वालेट आईडी तथा लिंकअप गरिएका बैंक खाताहरुमा समेत अनधिकृत रुपमा पहुँच पु¥याई खातामा भएको रकम विभिन्न बैंक खाता तथा वालेटहरुमा ट्रान्सफर गर्ने गरेको पाइएको छ।

पक्राउ परेको गिराहले १८ जना पीडितहरुलाई १५ लाख २० हजार ९ सय १ बराबरको ठगी गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिलाई रौतहट जिल्लाको विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा पक्राउ गरी ठगी सम्बन्धि कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमान्डौंमा पठाइएको छ।

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका वडा नम्बर ५ का २६ वर्षे नवनितकुमार कुशवाहा, सोही ठाउँका २१ वर्षे कन्हैयाकुमार कुशवाहा, २० वर्षे अभयकुमार यादव र २१ वर्षे रितेश कुशवाहा रहेका छन्। यस्तै पक्राउ पर्नेमा रौतहट गढिमाई नगरपालिका वडा नम्बर ६ का १९ वर्षे दिपेन्द्रकुमार यादव पनि रहेका छन्।

930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका