जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई गर्यो कारबाही

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई गर्यो कारबाही

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने भएको छ । व्यवसायी सँग पैसा मागेको अडियो सार्वजनिक भए पछि पार्टीले उनलाई पदबाट निलम्बन गरेर छानविन गर्ने भएको छ । उनको सांसद पद भने के हुन्छ भन्ने कुरामा भने निर्णय भइसकेको छैन ।

श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भए सँगै पार्टीले उनलाई कारबाही गरेको हो । निर्वाचकै मुखमा यस्तो अडीयो सार्वजनिक भए पछि नैतिकताका आधारमा कारबाही गर्ने भएको हो । सांसद श्रेष्ठ माथि सहकारीमा लाखौ हिनामिना गरेको आरोप लाग्दै आएको छ । उनिमाथि पोखराको एक सहकारीको झण्डै एक करोड रुपैयाँ हिनामिना गरेको आरोप‍ छ ।

रास्वपाले तीन वटा निर्वाचन क्षेत्रमा हुन गइरहेको उप निर्वाचनमा उम्मेद्वार खडा गरेको छ । चितवनमा पार्टीकै अध्यक्ष रवि लामिछाने उम्मेद्वार छन् भने तनहुँमा नेपाली कांग्रेस पार्टी परित्याग गरेका अर्थशास्त्री सोर्णिम वाग्ने र बारामा रमेश खरेलले चुनाव लडिरहेका छन् ।

1195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका