जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • १३ डीआईजीको पदस्थापन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चन्द

१३ डीआईजीको पदस्थापन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चन्द

प्रहरी प्रधान कार्यालय, नक्सालले १३ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदस्थापन गरेको छ । जसअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको जिम्मेवारी अर्जुन चन्द ठकुरीले पाएका छन् ।

डीआईजी कुवेर कडायतले प्रहरी महानिरीक्षकको सचिवालय हेर्ने जिम्मेवारी पाएका छन् । उनीले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मा पनि सम्हाल्नेछन् ।

केदार ढकाल आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय, विष्णुकुमार केसी अन्वेषण तथा योजना निर्देशनालय, भरतबहादुर बोहरा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र रवीन्द्र केसीले प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मा पाएका छन् ।

राजेशनाथ बाँस्तोलाले कोशी प्रदेश प्रहरी कार्यालय, चन्द्रकुवेर खापुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जनकराज भट्टराईले मधेश प्रदेश प्रहरी कार्यालय र लालमणि आचार्यले काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मा पाएका छन् ।

1045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका