जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • एसियन लाइफ इन्स्योरेन्सको अठारौँ वार्षिकोत्सव, जीवन बीमा कोष ५० अर्ब ८५ लाख पुग्यो

एसियन लाइफ इन्स्योरेन्सको अठारौँ वार्षिकोत्सव, जीवन बीमा कोष ५० अर्ब ८५ लाख पुग्यो

एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको अठारौँ वर्ष पुरा गरी उन्नाइसौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको हो । उन्नाइसौँ वर्ष प्रवेशको उपलक्ष्यमा २०८२ चैत्र २० गतेदेखि सप्ताह व्यापी रूपमा देशभर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरू आयोजना गरिरहेको छ । वार्षिकोत्सवको अवसरमा रक्तदान जीवन दान भन्ने नारालाई आत्मसाथ गर्दै हिजो २० गते मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् ।

यसै गरी किष्ट मेडिकल कलेज तथा टिचिङ अस्पतालसँगको सहकार्यमा आयोजित निःशुल्क दन्त शिविरबाट ६६ जना लाभान्वित भएका छन् । साथै देशभरका विभिन्न १०२ वटा शाखा, उपशाखा कार्यालयहरूमार्फत वृद्धाश्रम, सामुदायिक विद्यालय, अनाथालय तथा सामाजिक संघ संस्थाहरूलाई शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचर लगायत सामाग्री वितरण गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा शुक्रवार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कम्पनीको सञ्चालक समिति अध्यक्ष दीपक कुमार श्रेष्ठले एसियन लाइफ इन्स्योरेन्सको व्यवसायीक यात्रामा सत्र वर्षदेखि निरन्तर सहयोग पुर्‍याउँदै आउनुभएका सम्पूर्ण शुभेच्छुकहरूमा हार्दिक आभार व्यक्त गरे । उनले जीवन उत्कृष्ट बीमा सेवा प्रवाह गर्दै बीमित र सेयर धनीलाई उच्च प्रतिफल प्रदान गर्नका लागी कम्पनी प्रतिबद्ध रहेको बताए ।

सो अवसरमा कम्पनीको सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तथा प्रधान कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो । यस कम्पनीको चालू आ.व. २०८२/८३ को फागुनसम्ममा जीवन बीमा कोष ५० अर्ब ८५ लाख, कूल लगानी ५० अर्ब ४५ करोड रहेको छ ।

यसै गरी, कम्पनीले फागुन मसान्तसम्ममा कूल बीमा शुल्क रु. ६७ अर्ब ९६ करोड रुपैयाँ सङ्कलन गरेको छ । पौष मसान्तसम्ममा यस कम्पनीको सक्रिय बीमा लेख सङ्ख्या ७ लाख ५३ हजार रहेको छ । चालू आ.व. मा फागुन मसान्तसम्ममा कूल बीमा शुल्क ६ अर्ब ५२ करोड आर्जन गरेको छ । अधिकृत पुँजी ६ अर्ब रहेको यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब २५ करोड १२ लाख ५% बोनस शेयर सूचीकृत पश्चात् कायम हुने रहेको छ ।

360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?