जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एशियन लाइफको १५औं वार्षिक साधारण सभा सम्पन्न

एशियन लाइफको १५औं वार्षिक साधारण सभा सम्पन्न

एशियन लाइफ इन्स्योरेन्सको आज १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटल क्लासिक सिमरा, बारामा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०७८/७९ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लख रुपैयाँको ८ दशमलव ५० प्रतिशतले हुन आउने २४ करोड ७१ लख ८९ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ४४ प्रतिशतले हुन आउने १ करोड ३० लाख रुपैयाँ नगद लाभांश पारित गरेको छ ।

यस्तै सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।लेखापरिक्षकको प्रतिवेदन, सहित असार मसान्तसम्मको हिसाब, नाफा नोक्सान, वासलात लगायतको विषयमा छलफल गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले लेखा परिक्षकको नियुक्ती र नीजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव अनुमोदन गरेको छ । बोनश शेयरपछि जारी र चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्ने, कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँलाई वृद्धि गरी ६ अर्ब कायम गर्न प्रबन्धपत्र संशोधन गर्ने लगायतको प्रस्ताबहरु पारित गरेको छ । कम्पनीले व्यवसायीक रुपमा भाडामा दिन तथा बिक्री गर्न भवन निर्माण गर्ने सम्बन्धमा प्रबन्धपत्रको दफा ५ (क) मा संशोधन गर्ने प्रस्ताब परित गरेको छ ।

730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका