जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सनराइज बैंकद्वारा ग्राहकहरुलाई इजि केयरबाट गरिने औषधि खरिदमा २२%सम्मको छुट

सनराइज बैंकद्वारा ग्राहकहरुलाई इजि केयरबाट गरिने औषधि खरिदमा २२%सम्मको छुट

सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर औषधि तथा आवश्यक मेडिकल किट खरिद गर्दा २२% सम्म छुट र क्यास ब्याक दिने व्यवस्था गरेको छ ।

ग्राहकहरुको स्वास्थ्य, सेवा र सुविधालाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि इजि केयरमा गरिएको खरिदका लागि सनराइज बैंकको क्यू.आर कोड तथा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी आवश्यक औषधि खरिद तथा घरबाटै ब्लड सुबिधा लिने ग्राहकहरुलाई १२ प्रतिशत छुट र १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्नेछ । त्यसका साथै ग्राहकहरुले बैंकको कार्ड वा क्यू.आर कोड प्रयोग गरी आवश्यक मेडिकल किट जस्तै मास्क, पन्जा, सेनिटाइजर, स्प्रे तथा अन्य सामान खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको विशेष छुट पनि पाउन सक्नेछन् ।

अवस्थाको जटिलता तथा ग्राहकहरुको सहजता, सुविधा र सुरक्षालाई ध्यानमा राखेर बैंकले काठमाडौं अरगेनि, नेप मेड्स, मेरो किराना र फुडमाण्डुमा आवश्यक सामान खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक पाउन सक्ने व्यवस्था गरेको छ ।

घरमा नै सुरक्षित बसी डिजिटल बैकिङ्ग सुविधाको उपभोग गर्न बैंकले ग्राहकहरुलाई आग्रह गरेको छ । साथै बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी ए.टि.एम नेटवर्क, अनलाइन बैंकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको छ ।

8140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका