जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • विश्व बैंकको अध्यक्षमा अजय बंगा चयन, अहमदाबादबाट गरेका थिए उनले एमबीए

विश्व बैंकको अध्यक्षमा अजय बंगा चयन, अहमदाबादबाट गरेका थिए उनले एमबीए

विश्व बैंकको अध्यक्षमा अजय बंगा चयन भएका छन्। बैंक कार्यकारी निर्देशकहरुको बैठकले बंगालाई बैंकको अध्यक्षका रुपमा छनोट गरेको हो। बंगाको कार्यकाल जुन २ देखि सुरु हुने बैंकले जनाएको छ। उनको कार्यकाल पाँच वर्षको हुनेछ।

भारतीय मूलका अमेरिकी कारोवारी एवम् मास्टरकार्डका पूर्व प्रमुख बंगाले जेनरल एटल्यान्टिकको उपाध्यक्षका रुपमा समेत काम गरेका छन्।

फेब्रुअरी २३ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले बैंकको अध्यक्षमा उनको नाम प्रस्तावित गरेका थिए। बंगाले दिल्ली विश्वविद्यालयबाट ग्रयाजुएशन गरेका थिए भने आइआइएम अहमदाबादबाट एमबीए पूरा गरेका थिए।

5975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका