जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • निक्षेपकर्ताले ब्याज आम्दानीबापत ६ प्रतिशत कर तिर्नुपर्ने

निक्षेपकर्ताले ब्याज आम्दानीबापत ६ प्रतिशत कर तिर्नुपर्ने

निक्षेपकर्ताले ब्याज आम्दानीमा तिर्दै आएको कर सरकारले १ प्रतिशत विन्दुले बढाएको छ। सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याज आम्दानीबापत ६ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था गरेका हुन्।यसअघि निक्षेपकर्ताले ५ प्रतिशत कर तिर्दै आएका थिए। सरकारले व्यवसायिक कृषिको कर पनि ह्‍वात्तै बढाएर १० प्रतिशत पुर्‍याइएको छ। यसअघि यसमा कुनै कर लाग्ने गरेको थिएन। गत आर्थिक वर्षको बजेटमार्फत् शून्यमा झरिएको थियो। अघिल्ला सरकारले कृषिको व्यवसायिकरणका लागि कर्पोरेट क्षेत्र ल्याउन करमा छुट दिएको थियो।

3220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका