जोडिनुहोस
शनिबार, बैशाख २९, २०८१
शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • शेयर बजारमा भ्रम फैलाएर चलखेल गर्नेलाई कारबाही गर्न अर्थमन्त्रीले दिए बोर्डलाई निर्देशन

शेयर बजारमा भ्रम फैलाएर चलखेल गर्नेलाई कारबाही गर्न अर्थमन्त्रीले दिए बोर्डलाई निर्देशन

अर्थमन्त्री डा. प्रकाश शरण महतले आयकरको विषयलाई भ्रामक ढङ्गले उठाएर सीमित लगानीकर्ताहरूले शेयर बजारमा चलखेल गरेको टिप्पणी गरेका छन्।

महतले बिहीबार बिहान राजधानीमा आयोजित एक कार्यक्रममा केही सीमित व्यक्तिले लाभ लिन ५६ लाख लगाीकर्हतारुको नाम बेच्ने परम्परा अन्त्य हुनुपर्ने बताएका हुन्। उनले त्यस्तो गलत परम्पराको अन्त्य गर्न धितो पत्र बोर्डलाई निर्देशन समेत दिएका छन् ।

आफुले पुँजी बजारलाई असर पर्ने कुनै काम नगर्ने प्रतिवद्दता समेत उनले दोहोर्‍याएका छन् । उनले अगाडी भने, ‘सेयर बजारमा चलखेल गर्ने हेतुले केही लगानीकर्ताहरूले सबै लगानीकर्ताहरूलाई आम्दानीमा आयकर लाग्छ भन्दै बजार बढाउने र घटाउने गरेर फाइदा लिए ।’

धितोपत्र बोर्डले नियमनको कामलाई अत्यन्त महत्त्वका साथ निर्वाह गर्नुपर्ने आवश्यकता औल्याउदै डा. महतले शेयर बजारलाई अझै स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कालागि आफ्नो तर्फबाट हुने सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

‘आगामी आर्थिक वर्षको आय व्यय प्रस्तुत गर्दा सेयर बजारको विषयमा जे कुरा त्यहाँ उल्लेख भयो, यसको उद्देश्य आम लगानीकर्ताहरूलाई आय करको दायरामा ल्याउने हुँदै होइन, सम्पूर्ण ५६ लाख लगानीकर्ता आय करको दायरामा आउने भए भनेर सेयर बजारमा जुन हल्ला चल्यो त्यो गलत हो’, उनले भने ।

‘सेयर बजारका निश्चित व्यक्तिलाई फाइदा पुर्‍याउने माध्यमका रुपमा धितोपत्र बोर्ड माध्यम बन्नु हुँदैन’, मन्त्री डा. महतले भने, ‘सेयर बजारमा लगानी गर्दा बढी फाइदा हुन्छ कि भनेर अथवा भोलि केही होला कि भनेर जसले गाँस काटेर लगानी गरेका छन् उनीहरूको सुरक्षा गर्ने सबैभन्दा ठूलो जिम्मेवारी धितोपत्र बोर्डको हो ।’

‘शेयर बजारलाई प्रतिस्पर्धात्मक बनाएर लैजानुपर्छ । कमोडिटी बजारलाई पनि सेयर बजारमा प्रवेश गराउने चर्चा चलिरहेको छ । धितोपत्र बोर्डलाई अटोमेटेट सिस्टम लैजाने, हरेक क्रियाकलापलाई कागज रहित बनाएर लैजाने, कसैले अनपेक्षित फाइदा लिन नपाउने सुनिश्चिता गर्नेलगायतका कुरामा उच्च सर्तकता धितापत्र बोर्डले अपनाउने छ’, मन्त्री डा. महतले विश्वास व्यक्त गरे ।

‘सेयर बजारलाई स्वस्थ्य र लगानीकर्ताको लगानी सुरक्षित गर्नका लागि राष्ट्र बैंकले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । अर्थ मन्त्रालयबाट कहिँकतै दुबिधा नरहोस्, कसैले भ्रम सिर्जना गर्ने प्रयास नगरुन् । सेयर बजारलाई कमजोर बनाउने, यसप्रतिको विश्वासलाई कम गराउने काम हामीबाट हुँदैन, तर सीमित व्यक्तिहरूले मात्रै फाइदा उठाउने, नाम चाहिँ ५६ लाख लगानीकर्ताको लिने परम्पराको अन्त्य हुनुपर्छ’, मन्त्री डा. महतको भनाइ थियो ।

आफुले अर्थमन्त्रीको रुपमा देशको हितलाई केन्द्रमा राखेर काम गर्दा केही स्वार्थ समूहहरू रिसाएका कारण अनेकौँ आरोप लगाएको उनले दुखेसो गरे । इमान्दार भएर काम गर्दा के कस्ता दबाब र अप्ठ्यारा आउँदा रहेछन् भन्ने आफुले बल्ल थाहा पाएको उनले बताए।

कतिपय सञ्चार मध्यम समेत त्यस्ता व्यापारीको प्रभावमा परेर आफ्ना विरुद्ध उत्रिएको समेत उनले गुनासो गरे । बजेटमा सुधारको विषयलाई प्राथमिकतामा राखेको उनले बताए । आफुले करको दायरा निर्धारण गर्दा स्वतन्त्र र तथष्ट बनेर काम गरेको उनले दाबी गरे ।

1035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका