जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • लक्ष्मी बैंकको आम्दानी अनुपातमा सामान्य बढ्यो नाफा, वितरणयोग्य मुनाफामा भने २५% वृद्धि

लक्ष्मी बैंकको आम्दानी अनुपातमा सामान्य बढ्यो नाफा, वितरणयोग्य मुनाफामा भने २५% वृद्धि

लक्ष्मी बैंकले गत आर्थिक वर्ष १ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १.७६ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। निष्क्रिय कर्जा बढेर कर्जा जोखिम व्यवस्थापन बापतको रकम बढेसँगै सञ्चालन मुनाफामा दबाब परेको हो। बैंकको आम्दानी भने बढेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.२७ प्रतिशत र खुद फी तथा कमिसन आम्दानी ८.५५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ८.१७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २.१७ प्रतिशत मात्र बढेको छ।

बैंकले गत आर्थिक वर्षसम्म ग्राहकको १ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। सोही अवधिमा बैंकले एक खर्ब २८ करोड रुपैयाँ कर्जा परिचालन गरेको हो।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २५ करोड रुपैयाँ छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २५ प्रतिशत बढेको पाइयो। उपलब्ध वितरणयोग्य मुनाफाका आधारमा बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षका लागि ११ प्रतिशत लाभांश दिने क्षमता छ।

नाफा बढेपछि प्रति सेयर आम्दानी घटेको छ। चुक्ता पुँजीको अनुपातमा खुद नाफा नबढ्दा इपीएस घटेको हो। समीक्षा अवधिमा बैंकको यस्तो इपिएस ०.८५ रुपैयाँ घटेर १३.८८ रुपैयाँमा सीमित छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.३३ गुणा छ। र प्रतिसेयर नेटवर्थ १४७.६९ रुपैयाँ छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ। बैंकको जगेडा कोषमा ४ अर्ब २५ करोड रुपैयाँ छ भने कुल १ अर्ब २५ करोड रुपैयाँ मुनाफा सञ्चित छ।

2025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका