जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सनराइज बैंकका सीईओ जनक शर्मा पौड्यालले दिए राजीनामा

सनराइज बैंकका सीईओ जनक शर्मा पौड्यालले दिए राजीनामा

पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाको आडमा जागिर खाइरहेका सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् । नियुक्ती कै दिनदेखि विवादमा आएका पौडेलले केहि महिना अघि नै सञ्चालक समितिमा बुझाएको राजिनामा समितिका अध्यक्षले नै रोकेका थिए ।

उनलाई टिकाउन तत्कालिन अर्थमन्त्री पुत्र तिलकराज खतिवडा समेत लागेका थिए । तिलक सोहि बैंकका कर्मचारी हुन भने अध्यक्ष मोतिलाल दुगडलाई सिईओ पौडेलको जागिर बचाउन बाह्य दबाब परेको चर्चा चल्दै आएको थियो । समाचार श्रोतका अनुसार राष्ट्र बैंकले राजिनामा दिन र त्यसलाई कार्यन्वयन गर्न सञ्चालक समिति र सिईओ दुबैलाई लगातार दबाब दिएपछि उनको मंगलबार राजिनामा आएको हो ।

उनलाई संरक्षण गर्दै आएका पुर्व अर्थमन्त्री खतिवडा अमेरिका तर्फ प्रस्थान गरेलगतै पौडेलको राजिनामा आउनुलाई वित्तिय क्षेत्रमा अर्थपुर्ण रुपमा विश्लेषण गरिएको छ ।

12510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?